images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • एक वर्षमा निर्जीवन बीमकले गरे करिब...

एक वर्षमा निर्जीवन बीमकले गरे करिब ४४ अर्बको व्यापार, कुनको कति ?

एक वर्षमा निर्जीवन बीमकले गरे करिब ४४ अर्बको व्यापार, कुनको कति ?

images
images
मंगलवार, श्रावण २७ २०८२
मंगलवार, श्रावण २७ २०८२
  • काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२मा निर्जीवन बीमकहरुले करिब ४४ अर्ब रुपैयाँको व्यापार गर्न सफल भएका छन्।नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमकले २८ लाख ६४ हजार ९४५ वटा बीमालेख जारी गरेर ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो वर्ष २०८०/८१ मा कम्पनीहरुले २८ लाख ४९ हजार ९३४ वटा बीमालेख जारी गर्दै ४१ अर्ब १७ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको व्यापार ६।७७ प्रतिशतले बढेको छ।

    images
    images

    समीक्षा वर्षमा १२ वटा बीमकको व्यापार बढेको छ भने २ वटा बीमकको घटेको छ। यो अवधिसम्म शिखर इन्स्योरेन्सले सर्वाधिक व्यापार भित्र्याएको छ भने व्यापार वृद्धिको हिसाबले नेपाल इन्स्योरेन्स अगाडि रहेको छ।गत आर्थिक वर्षमा शिखर इन्स्योरेन्सले ५ अर्ब ७९ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षमा कम्पनीले ५ अर्ब ४७ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार ५।९२ प्रतिशतले बढेको छ।

    दोस्रो धेरै व्यापार भित्र्याउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। यो कम्पनीले गत आर्थिक वर्षमा ५ अर्ब २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षमा कम्पनीले ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार ४।४७ प्रतिशतले बढेको छ।सिद्धार्थ प्रिमियर तेस्रो धेरै व्यापार भित्र्याउने कम्पनी बनेको छ। समीक्षा वर्ष कम्पनीले ४ अर्ब ३१ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षमा कम्पनीले ४ अर्ब १७ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार ३।१९ प्रतिशतले बढेको छ।

    images
    images

    यसैगरी समीक्षा वर्षमा हिमालयन एभरेस्ट इन्स्योरेन्सले ४ अर्ब १० करोड ४ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ८६ करोड ५७ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३ अर्ब २८ करोड १८ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सले ३ अर्ब ६ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा यी सबै बीमकको व्यापार बढेको छ।त्यस्त गत आर्थिक वर्षमा युनाइटेड अजोडले २ अर्ब ७८ करोड ३५ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब ७० करोड ४८ लाख रुपैयाँ, सानिमा जीआईसीले २ अर्ब ७० करोड ३२ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले २ अर्ब ३ करोड ७४ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले १ अर्ब ८६ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको समीक्षा अवधिमा यी बीमकको व्यापार बढेको छ।

    उता समीक्षा वर्षमा राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३७ करोड ९२ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले १ अर्ब ६ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा दुवै बीमकको व्यापार घटेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend