images

२०८३ आश्विन १६ गते

images
images
images

सिजी नेट र आइपीटिभी सेवामा एन आई सी एशिया बैंकका ग्राहकलाई विशेष छुट सुविधा

सिजी नेट र आइपीटिभी सेवामा एन आई सी एशिया बैंकका ग्राहकलाई विशेष छुट सुविधा

images
images
मंगलवार, श्रावण २७ २०८२
मंगलवार, श्रावण २७ २०८२
  • एनआइसी एशिया बैंक र सिजी कम्युनिकेसन्स लिमिटेडबीच एक आपसी समझदारी भएको छ। जसअनुसार बैंकका ग्राहकहरूले सिजी नेटको इन्टरनेट र आईपीटिभी सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन्।सम्झौताअनुसार, पहिलो पटक सिजी इन्टरनेट तथा आईपीटिभी सेवा लिने व्यक्तिगत ग्राहकहरूले २५०० सम्मको छुट पाउनेछन्, भने संस्थागत ग्राहकहरूले २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। यस सम्झौतापत्रमा एनआइसी एशिया बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र सिजी कम्युनिकेसन्सका प्रमुख कार्यकारी अधिकृत सुजन थापाले हस्ताक्षर गरेका हुन्।

    images
    images

    बैंकका ग्राहकहरूले सिजी नेटको १५० एमबीपीएस, २५० एमबीपीएस तथा ३५० एमबीपीएसको इन्टरनेट सेवामा वार्षिक योजना लिँदा २५०० सम्म छुट प्राप्त गर्न सक्नेछन्। साथै, इन्टरनेटसँगै आईपीटिभी सेवा पनि लिने नयाँ ग्राहकहरूलाई सोही छुट उपलब्ध हुनेछ।हाल सेवा उपयोग गरिरहेकाहरूले सेवा नवीकरण गर्दा वार्षिक योजनामा एक महिना अतिरिक्त सेवा निःशुल्क पाउनेछन्।यो छुट सुविधा प्राप्त गर्न ग्राहकहरूले सेवा लिने पूर्व सिजी कम्युनिकेसन्सको आधिकारिक टेलिफोन नम्बर, वेबसाइट वा नजिकको शाखा कार्यालयमा सम्पर्क गरी जानकारी दिनुपर्नेछ।बैंकले विश्वास व्यक्त गरेको छ कि यस सहकार्यले ग्राहकहरूलाई उच्च गुणस्तरको इन्टरनेट सेवा छुटसहित उपलब्ध गराउनेछ, साथै डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै नगदरहित कारोबारमा टेवा पुर्‍याउनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend