images

२०८३ आश्विन २० गते

images
images
images

यस्ता बानीले दिमागलाई बनाउँछ कमजोर

यस्ता बानीले दिमागलाई बनाउँछ कमजोर

images
images
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • काठमाडौं ।  के तपाईं प्रायः आफ्नो साँचो कहाँ राख्नुहुन्छ भनेर बिर्सनुहुन्छ वा कसैको नाम सम्झन गाह्रो हुन्छ ? के तपाईंको दिमाग पहिले भन्दा ढिलो काम गरिरहेको जस्तो महसुस हुन्छ ? यदि यी प्रश्नको उत्तर ‘हो’ हो भने यो पढ्नु महत्त्वपूर्ण छ।

    images
    images

    धेरै गुलियो खाने

    गुलियो खान कसलाई मन पर्दैन। तर अत्यधिक चिनी दिमागका लागि हानिकारक छ। धेरै चिनी खाँदा दिमाग सुन्निन सक्छ। यसले गर्दा सिक्ने र सम्झने क्षमता कम हुन्छ। गुलियोको सट्टा फलफूल खाने प्रयास गर्नुहोस्।

    images
    images

    निद्राको कमी
    आजको व्यस्त जीवनमा राम्रोसँग निद्रा लिन गाह्रो भएको छ। तर ७–८ घण्टा निद्रा लिनुभएन भने तपाईंको मस्तिष्कले राम्रोसँग काम गर्न सक्दैन र तपाईं चीजहरू बिर्सन थाल्नुहुन्छ।

    धेरै एक्लोपन
    यदि तपाईं धेरैजसो समय एक्लै बस्नुहुन्छ र सामाजिकीकरण कम गर्नुभएको छ भने दिमागका लागि पनि राम्रो होइन। सामाजिक रूपमा सक्रिय रहनाले दिमागको व्यायाम हुन्छ र यसलाई तीखो राख्छ। साथीभाइ र परिवारसँग समय बिताउनाले तपाईंको मुड पनि राम्रो रहन्छ।

    बहुकार्य
    मानिसहरुलाई एकैचोटी धेरै काम गर्नु राम्रो कुरा हो लाग्छ। तर यसले तपाईंको दिमागमा धेरै दबाब दिन्छ। एक पटकमा एउटा काममा ध्यान केन्द्रित गर्नाले काममा सुधार हुन्छ र एकाग्रता बढ्छ। एकैचोटी धेरै काम गर्नु भयो भने दिमाग थकित र दक्षता घट्छ।

    व्यायाम नगर्ने
    शरीर र मनलाई स्वस्थ राख्न व्यायाम धेरै महत्त्वपूर्ण छ। नियमित शारीरिक गतिविधिले मस्तिष्कमा रक्तसञ्चार बढाउँछ। यसले मस्तिष्कलाई बढी अक्सिजन र पोषक तत्त्व प्रदान गर्दछ। हरेक दिन केवल ३० मिनेटको व्यायामले पनि दिमागलाई तेज राख्न सक्छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend