images

२०८३ आश्विन २१ गते

images
images
images

हरियो धनियाँको मूल्य घट्यो

हरियो धनियाँको मूल्य घट्यो

images
images
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • बजारमा हरियो धनियाँको मूल्य घटेको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।सोमबार कालीमाटी बजारमा हरियो धनियाँ प्रतिकिलो थोक मूल्य न्यूनतम तीन सयदेखि अधिकतम तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।एक साताअघिको तुलनामा यो प्रतिकिलो एक सय देखि एक एक सय ५० रूपैयाँले सस्तो हो।

    images
    images

    गत सोमबार कालीमाटी बजारमा हरियो धनियाँ प्रतिकिलो थोक मूल्य न्यूनतम चार सयदेखि अधिकतम पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।आपूर्तिका आधारमा सामानको मूल्य घटबढ हुन्छ।व्यवसायीहरूका अनुसार अहिले हरियो धनियाँको सिजन होइन। अफ सिजन भएकाले मूल्य घटबढ भइरहेको छ। अहिले होटल तथा रेष्टुरेन्टमा हरियो धनियाँको माग बढी छ। हाल कालीमाटी बजारमा मकवानपुर, दक्षिणकाली, पालुङ, काठमाडौं, भक्तपुर तथा कुलेखानी लगायतका क्षेत्रबाट हरियो धनियाँ आउने गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend