images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफा ४८ प्रतिशतले...

मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफा ४८ प्रतिशतले बढ्यो

मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफा ४८ प्रतिशतले बढ्यो

images
images
आइतवार, श्रावण २५ २०८२
आइतवार, श्रावण २५ २०८२
  • काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ४८ प्रतिशतले वृद्धि भएको छ । गत आवमा लघुवित्तले २१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको तुलनामा ४८.२९ प्रतिशत बढी हो । लघुवित्तले १४ करोड ५७ लाख रुपैयाँ नाफा कमाएका थियो । 

    images
    images

    गत वर्ष लघुवित्तको खुद ब्याज आम्दानी १९.१३ प्रतिशत, कमिसन आम्दानी १.२३ प्रतिशत, कुल सञ्चालन आम्दानी १७.३६ प्रतिशत र सञ्चालन मुनाफा ५३.४८ प्रतिशत बढेको छ ।लघुवित्तको प्रतिशेयर आम्दानी ४ रुपैयाँ १९ पैसा बढेर १५ रुपैयाँ २३ पैसा पुगेको छ भने वितरणयोग्य मुनाफा ११ करोड ३१ लाख रुपैयाँ रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ११ पैसा रहेको वित्तीय विवरणमा देखिएको छ ।लघुवित्तको १ अर्ब ४१ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । लघुवित्तले जगेडा कोषमा ८२ करोड ४६ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा १२ अर्ब १८ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट १५ अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend