images

२०८३ आश्विन १६ गते

images
images
images
  • विमा
  • प्रभु इन्स्योरेन्सको साधारण सभाले पारित गर्‍यो...

प्रभु इन्स्योरेन्सको साधारण सभाले पारित गर्‍यो १८ प्रतिशत लाभांश

प्रभु इन्स्योरेन्सको साधारण सभाले पारित गर्‍यो १८ प्रतिशत लाभांश

images
images
आइतवार, श्रावण २५ २०८२
आइतवार, श्रावण २५ २०८२
  • प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ।कम्पनीको २९ औं वार्षिक साधारणसभाले इन्स्योरेन्सले घोषणा गरेको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो।आर्थिक तथा बजारको प्रतिकूल परिस्थितिमा समेत कम्पनीले गत आर्थिक वर्षमा कम्पनीबाट उच्चतम नाफा आर्जन गर्दै सेयरधनीहरूलाई आकर्षक प्रतिफल प्रदान गरेको प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले बताए।

    images
    images

    मुनाफा वितरणको उच्चतम उपलब्धिले प्रभु इन्स्योरेन्सलाई बजारमा थप सुदृढ र विश्वासिलो संस्थाका रूपमा स्थापित गरेको उनको भनाइ छ।अध्यक्ष मल्लका अनुसार प्रभु इन्स्योरेन्सले नियमनकारी निकायको पूर्ण पालना गर्दै, आन्तरिक सुशासनलाई सुदृढ बनाउन विभिन्न नीतिगत सुधार र दीर्घकालीन रणनीतिक योजना अघि बढाइरहेको छ। ग्राहकलाई छिटो, छरितो र सहज सेवा उपलब्ध गराउने उद्देश्यले प्रभु इन्स्योरेन्सले अत्याधुनिक डिजिटल ट्रान्सफर्मेसन प्रविधि लागु गरिसकेको अध्यक्ष मल्लले बताए।

    डिजिटल माध्यमबाट नै दाबी भुक्तानी प्रक्रिया, पोलिसी नवीकरण, तथा अन्य बीमा सेवाहरूलाई अझ सरल र प्रभावकारी बनाएको अध्यक्ष मल्लले जानकारी दिए। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले समाजसँग प्रत्यक्ष सम्बन्ध राखी समुदायको दिगो विकासमा योगदान पुर्‍याउने कार्यलाई प्राथमिकता दिएको अध्यक्ष मल्लले बताए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend