images

२०८३ आश्विन १९ गते

images
images
images
  • अर्थतन्त्र
  • ११ महिनामा पाँचतारे बर्नबास म्यूजियम होटलले...

११ महिनामा पाँचतारे बर्नबास म्यूजियम होटलले गर्‍यो मात्र १ करोड ७० लाखको व्यापार

११ महिनामा पाँचतारे बर्नबास म्यूजियम होटलले गर्‍यो मात्र १ करोड ७० लाखको व्यापार

images
images
शुक्रवार, श्रावण २३ २०८२
शुक्रवार, श्रावण २३ २०८२
  • काठमाडौं । बालुवाटारमा रहेको पाँचतारे बर्नबास म्यूजियम होटलले गत आर्थिक वर्षको ११ महिनामा १ करोड ७० लाख रुपैयाँ मात्रै व्यापार गरेको छ । सन् २०१८ मा स्थापना भई सन् २०२४ बाट सामान्य रुपमा सञ्चालनमा आएको होटलले गत आवको ११ महिनाको अवधिमा १ करोड ७० लाख रुपैयाँको मात्रै व्यापार गरेको हो ।

    images
    images

    कम्पनीले हालसम्म नाफा कमाउन सकेको छैन । कम्पनीले अघिल्लो वर्ष र गत वर्ष गरी दुबै वर्ष नाफा नकारात्मक रहेको जनाएको छ ।कम्पनीले सन् २०२४ मा ९० लाख रुपैयाँको व्यापार गरेको थियो । उक्त वर्ष ५ महिनामा मात्रै कारोबार गरेको थियो । कम्पनी सन् २०२४ को अगस्टमा मात्रै पब्लिक कम्पनीको रुपमा परिणत गरेको छ । होटलमा ४८ वटा कोठाको सुविधा रहेको छ ।

    होटलमा आधुनिक प्रकारका सुविधा छन् । कम्पनी अनुसार होटलमा खाना तथा बेभरेजको सुविधा, स्वीमिङ पुल, स्पा, कम्वन्फरेन्स हल र अन्य सुविधा रहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend