काठमाडौं, साउन २३, २०८२ र अगष्ट ८, २०२५ (शुक्रबार)आज साउन शुक्ल पक्षको चतुर्दशी तिथिमा हिन्दू धर्मावलम्बीहरूले विशेष धार्मिक श्रद्धाका साथ सन्तोषी माता, वैभव लक्ष्मी माता र अन्नपूर्णेश्वरी माताको पूजा–अर्चना गरिरहेका छन्। यस दिनलाई शुक्र ग्रहसँग पनि विशेष रुपमा जोडिएको मानिन्छ।
धर्मशास्त्र अनुसार, शुक्र ग्रहको शान्तिका लागि शुक्रबार व्रत बस्ने चलन रहेको छ। व्रत लिनेहरूले चना र सख्खरलाई फलाहारको रूपमा लिने परम्परा छ भने अमिलो भोजन गर्नु निषेध गरिएको छ। सेतो वस्त्र धारण गर्नु, खीर पकाएर गरिबलाई दान गर्नु शुभ मानिन्छ।
शास्त्रमा वर्णन भए अनुसार लक्ष्मी माता, अन्नपूर्णेश्वरी माता तथा दुर्गा भवानीको पूजा गर्दा आर्थिक समृद्धि, पारिवारिक सुख–शान्ति तथा मनोकांक्षा पूरा हुने विश्वास छ।
शुक्र ग्रह पीडित भएको खण्डमा सेतो रंगको घोडा, रेशमी कपडा, चिनी, चन्दन, कपुर आदि वस्तुहरू दान गर्दा ग्रह दशामा सुधार आउने धार्मिक मान्यता छ।
शुक्रबार विशेष व्रतले विशेषतः आर्थिक तथा पारिवारिक समस्याबाट मुक्ति दिने विश्वास गरिएको छ। धार्मिक स्थलहरूमा आज विशेष पूजापाठ, भजनकिर्तन र व्रत अनुष्ठानहरू सञ्चालन भइरहेका छन्।




.gif)





