images

२०८३ आश्विन २० गते

images
images
images

संघीय अस्पतालहरुमा अनलाइन भुक्तानी सेवा सञ्चालन

संघीय अस्पतालहरुमा अनलाइन भुक्तानी सेवा सञ्चालन

images
images
बिहिवार, श्रावण २२ २०८२
बिहिवार, श्रावण २२ २०८२
  • अब देशभरका सबै संघीय अस्पतालमा डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ। संघीय अस्पतालहरूको सेवा प्रणालीलाई डिजिटल रूपान्तरण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको योजनाअनुसार मन्त्रालयले बुधबार सबै संघीय अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानहरूलाई पत्र पठाउँदै अनलाइन र क्यूआर कोडमार्फत भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो।भीड व्यवस्थापनलाई प्राथमिकता दिँदै मन्त्री पौडेलले अस्पताल सुधारका लागि नौ बुँदे योजना अघि सारेका छन्। सो योजनाअनुसार नागरिकले सेवा उपयोग गर्दा टिकट लिनेदेखि भुक्तानीसम्मको प्रक्रियामा सहजता ल्याउने र भीड न्यून पार्ने उद्देश्यसहित डिजिटल पेमेन्ट प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको हो।

    images
    images

    मन्त्री पौडेलको सचिवालयले डिजिटल भुक्तानी प्रणाली सुधार योजनाको एक प्रमुख अङ्ग भएको जानकारी दिएको छ। सोहीअनुसार मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले आवश्यक पत्राचारका साथै अस्पतालहरूमा अनुगमन गर्ने तयारी समेत गरेको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार अस्पतालहरूले मन्त्रालयसमक्ष प्रतिबद्धता जनाएका नौ बुँदे सुधार योजनामध्ये भीड व्यवस्थापनसम्बन्धी बुँदालाई विशेष रूपमा कार्यान्वयनमा ल्याइँदैछ। साथै, अबदेखि अस्पतालहरूको सुधार कार्यान्वयनमा नियमित र कडा अनुगमन गरिने पनि उनले स्पष्ट पारे।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend