images

२०८३ आश्विन २० गते

images
images
images
  • स्वास्थ्य
  • स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्न सांसद...

स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्न सांसद बस्नेतद्वारा सरकारको ध्यानाकर्षण

स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्न सांसद बस्नेतद्वारा सरकारको ध्यानाकर्षण

images
images
बुधवार, श्रावण २१ २०८२
बुधवार, श्रावण २१ २०८२
  • काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले स्वास्थ्य क्षेत्रमा जनशक्ति अभावको कारण नागरिकले आधारभूत उपचार सेवा पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद बस्नेतले स्वास्थ्य चौकी तथा जिल्ला अस्पतालहरूमा चिकित्सक अभाव हुँदा नागरिकले उपचार सेवा नभएको भन्दै जनशक्ति थप गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

    images
    images

    दरबन्दी भएका अस्पतालहरूमा समेत जनशक्ति आपूर्ति हुन नसकेको उनको भनाइ छ । उनले धेरै स्थानीय तहका आधारभूत अस्पतालहरूका ओएनएम नहुँदा दरबन्दी समेत सिर्जना हुन नसकेको बताए । उनले तीन तहको सरकारबिच आवश्यक समन्वय गरी स्वास्थ्यकर्मी पदपूर्ति गरी नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न माग गरे । 

    उनले भने, ‘स्थानीय, प्रदेश र सङ्घीय सरकारबिच समन्वय गरी यथाशीघ्र ओएनएम गरी पदपूर्ति प्रक्रिया अगाडि बढाइयोस् । र दुर्गम क्षेत्रका स्वास्थ्यकर्मीका लागि विशेष प्रोत्साहन प्याकेजको व्यवस्था गरियोस् ।’सांसद बस्नेतले दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको लागि प्रोत्साहन प्याकेजको व्यवस्था गर्न समेत माग गरे ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend