images

२०८३ आश्विन १९ गते

images
images
images

मनकामनामा १ अर्ब लगानीमा रिसोर्ट बन्दै, असोजदेखि सञ्चालनमा आउने

मनकामनामा १ अर्ब लगानीमा रिसोर्ट बन्दै, असोजदेखि सञ्चालनमा आउने

images
images
बुधवार, श्रावण २१ २०८२
बुधवार, श्रावण २१ २०८२
  • चितवन । गोरखाको मनकामनामा झन्डै १ अर्बको लगानीमा मनकामना रिट्रिट रिसोर्ट सञ्चालनमा आउने भएको छ ।अगामी असोजको पहिलो हप्तादेखि सेवा सञ्चालन गर्ने गरी तीव्र गतिमा रिसोर्टको काम भइरहेको मनकामना रिट्रिट रिसोर्ट एन्ड स्पा प्रालिका अध्यक्ष विजय मल्लले जानकारी दिए ।रिसोर्टको सबै व्यवस्थापनको जिम्मा सोल्टी वेस्ट्रन रिसोर्ट मनकामनाले गर्नेछ । सोल्टीको व्यवस्थापनमा यसअघि गोरखा, चितवन लगायत विभिन्न ठाउँमा रिसोर्ट र होटल सञ्चालनमा छन् ।रिसोर्टको मूल संरचनाको काम सकेर भित्रको इन्टेरियर, साजसज्जाको काम भैरहेको अध्यक्ष मल्लले जानकारी दिए ।

    images
    images

    उनका अनुसार रिसोर्टको इन्टेरियर डिजाइनको काम भारतीय कम्पनी आर्कोभले गरिरहेको छ । रिसोर्टमा ५१ वटा कोठामा ११० जना एक रातमा बस्न सक्नेछन् । ६ वटा भिल्ला रहनेछन् भने एक टावर विल्डिङ रहने अध्यक्ष मल्लले जानकारी दिए ।उनका अनुसार आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरि रिसोर्टमा स्पा, फिटनेस क्लब, स्विमीङ पुल, इन्डोर ३ सय र आउटडोरसहित ५ सय जना क्षमताको बैंक्विट हल, रेस्टुरेन्ट लगायत सुविधा रिसोर्टमा रहनेछन् । रिसोर्टमा क्विन, किङ र प्रेसिडेन्सियल रुम हुनेछन् ।

    यस्तै, ५६ जना क्षमताको रेष्टुरेण्ट पनि तयार पारिएको छ । ४ वर्ष अगाडि रिसोर्टको निर्माण थाले पनि विभिन्न कारणले ढिलाइ भएको भन्दैं अध्यक्ष मल्लले अब भने सञ्चालनमा आउने बताए ।१ सय रोपनी क्षेत्रफल रहेको रिसोर्ट सञ्चालनमा आउँदा ६० देखि ६५ जनाले रोजगारी पाउने अध्यक्ष मल्लले बताए । रिसोर्टमा स्थानीय उत्पादन र रोजगारीमा पनि स्थानीयलाई प्राथमिकता दिइने अध्यक्ष मल्लले बताए ।उनले आफ्नो पैतृक जग्गा र जन्म ठाँउमा नै केही गरौं भन्ने उद्देश्य राखेर रिसोर्ट निर्माण गरेको जानकारी दिए ।मनकामना क्षेत्रमा आउने पर्यटकका लागि सबै सुविधा भएको रिसोर्टको अभाव महसुसपछि आफूले लगानी गरेको उनले बताए ।

    images
    images

    ‘यहाँ होटलहरू त छन् तर स्तरीय र सुविधा सम्पन्न रिसोर्टहरू भएनन्, अलिकति रकम तिर्न तयार हुने तर सुविधा खोज्ने भक्तजन तथा पर्यटकहरू मनकामना क्षेत्रमा नरमाएको देखेँ,’ अध्यक्ष मल्लले भने, ‘मनकामना दर्शन गर्न अघिल्लो रातमा आएर बस्ने तर अलिकति सुविधा खोज्ने भक्तजनलाई लक्षित गरेर रिसोर्ट बनाएको हुँ।’उनले मनकामना देशको राजधानी काठमाडौं, पोखरा र चितवनको बीच भाग भएकोले तथा देश कै एक धार्मिक पर्यटकको केन्द्रसमेत भएकोले पर्यटकहरुलाई २/३ दिन बस्न समेत सुविधा होस् भनेर रिसोर्ट सञ्चालनमा ल्याउन लागेको बताए ।मनकामना आउने पर्यटकहरूलाई यहाँका स्थानीय उत्पादन खुवाउनेदेखि स्थानीय कला संस्कृतिहरू देखाउने उद्देश्यसमेत रहेकोले मौलिकतालाई उच्च प्राथमिकतामा राखिने अध्यक्ष मल्लले बताए ।

    ‘गुरूङ तथा मगर जातिको संस्कृति, इतिहास, पहिलो सहिद लखन थापाको नाममा राखिएको गुफा, मनोरम त्रिशूली नदी, सुन्दर हिमालहरुको दृश्य, छिम्केश्वरी लगायतका डाँडाहरु यहाँबाट देख्न सकिन्छ, सुन्तला पनि उत्तिकै प्रख्यात छ’ अध्यक्ष मल्लले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा त यहाँको सुन्दर र मिठास चिसो हावा र पानी नै हो, अनुभूति नै फरक गराइदिन्छ’ मनकामनालाई नगरकोट तथा धुलिखेलको विकल्पका रूपमा विकास गर्न चाहेको अध्यक्ष मल्लले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend