images

२०८३ आश्विन २० गते

images
images
images

चीनमा ७ हजार नाघे चिकुनगुनिया भाइरस संक्रमित

चीनमा ७ हजार नाघे चिकुनगुनिया भाइरस संक्रमित

images
images
मंगलवार, श्रावण २० २०८२
मंगलवार, श्रावण २० २०८२
  • बेइजिङ । चीनमा चिकुनगुनिया संक्रमितको संख्या सात हजार नाघेको छ । गुवाङदोङ प्रान्तमा जुलाईयता लामखुट्टेले टोकेर हुने यो रोगका सात हजारभन्दा धेरै बिरामी भेटिएका हुन् ।संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय सरकारले कोभिड–१९ महामारीको समयमा अपनाइएका जस्तै उपाय पालना गर्न आग्रह गरेको छ । अस्पतालमा झुल हालेर बिरामीहरुलाई राखिएको छ । 

    images
    images

    चिकुनगुनिया संक्रमणबाट सबैभन्दा बढी फोसान सहर प्रभावित भएको छ । फोसानबाहेक गुवाङदोङका कम्तीमा अरु १२ सहरमा पनि संक्रमित भेटिएका छन् । गत हप्ता मात्रै संक्रमितको संख्या तीन हजारले बढेको थियो ।परीक्षणको नतिजा नकारात्मक आएपछि मात्रै बिरामीलाई अस्पतालबाट घर जान दिइन्छ । केहीलाई भने एक हप्तासम्म अस्पतालमा राख्नुपरेको छ । 

    चिकुनगुनिया संक्रमित लामखुट्टेले टोकेर फैलिन्छ । यसबाट संक्रमित भएका व्यक्तिलाई ज्वरो आउने जोर्नी दुख्ने जस्ता लक्षण देखिन्छ । यीमध्ये केही लक्षण त वर्षौंसम्म पनि रहन्छ । चीनमा चिकुनगुनियाको प्रकोप कमै देखिन्छ । यसको संक्रमण खासगरी दक्षिण र दक्षिणपूर्वी एसिया र अफ्रिकाका केही हिस्सामा बढी पाइन्छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend