images

२०८३ आश्विन १७ गते

images
images
images

घरमै पुगेर सामाजिक सुरक्षा भत्ताको नविकरण

घरमै पुगेर सामाजिक सुरक्षा भत्ताको नविकरण

images
images
सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • प्युठान । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीले भदौ मसान्तसम्म स्वम् पालिका वा वडामा पुगेर नविकरण गर्नुपर्ने प्रावधान छ । तर जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अशक्त व्यक्तिहरु भने वडा तथा पालिकामा पुग्न असहज हुने गरेको छ ।

    images
    images

    सोही समस्यालाई बुझेर प्युठानका केहि वडाका जनप्रतिनिधी र कर्मचारीले वडाबाट मात्र सामाजिक सुरक्षा भत्ता नविकरण नगरेर लाभग्राहीको घर टोलमै पुग्ने गरेका छन् । जनतालाई सहज रुपमा सेवा दिनका लागि घर तथा टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण गर्दै आएको स्वर्गद्वारी नगरपालिका–५ का वडा अध्यक्ष गिर बहादुर घर्तिमगरले बताउनुभयो ।“बिहानदेखि साँझसम्म हामी वडाका विभिन्न बस्ती, टोल र घरमा समेत पुगिरहेका छौं,” वडा अध्यक्ष घर्तिमगरले भन्नुभयो, “शनिवारको दिनमा समेत हामी यसै अभियानमा लागेका छौं ।” कार्यालय समयमा सर्भर डाउन हुने, सेवाग्राहीलाई टाढाबाट पुग्न असजिलो हुने समस्या भएकाले टोलटोलमा पुगेर काम गरिरहेको उहाँले बताउनुभयो ।

    माण्डवी गाउँपालिका–३ का वडा अध्यक्ष धनेन्द्र कार्कीले सामाजिक सुरक्षा भत्ता नविकरण गर्न कार्यालयले बिहानैदेखि कर्मचारी जनप्रतिनिधि खटेर काम गरेको बताउनुभयो । साउन ७ गतेदेखि १३ गतेसम्म वडाका सात वटा स्थानमा पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण गरेको जानकारी दिनुभयो । टोलटोलमा पुगेर नविकरण गर्दा जनतालाई धेरै राहत भएको उहाँको भनाइ छ ।गौमुखी गाउँपालिका–४ पुँजाका वडा अध्यक्ष धनिराम सुनार अहिले सामाजिक सुरक्षा भत्ता नकिवरणका लागि गाउँटोलमा पुगिरहनुभएको छ । 

    images
    images

    लाभग्राहीलाई सहज रुपमा सेवा दिनका लागि कर्मचारी सहितको टोली वडाका गाउँ तथा टोलमा पुगिरेहेका छन् । गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले जनप्रतिनिधिले गाउँटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण गर्दा नागरिकलाई धेरै सजिलो भएको बताउनुभयो । अनिवार्य राष्ट्रिय परिचयपत्र, स्वयं उपस्थिती लगायतका कारणले असहज महशुस गरेका लाभग्राहीलाई वडामा थालिएको यस अभियानले राहत दिएको उहाँको बुझाइ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend