images

२०८३ आश्विन १७ गते

images
images
images

बुद्धभुमि नेपाल हाइड्रोपावरको नोक्सानीमा वृद्धि

बुद्धभुमि नेपाल हाइड्रोपावरको नोक्सानीमा वृद्धि

images
images
सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • काठमाडौं।  बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको नोक्सानी बढेको छ । कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको हो।गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी २ करोड २५ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनी १ कराड ४९ लाख रुपैयाँ नोक्सानीमा थियो। 

    images
    images

    कम्पनीको विद्युत बिक्री आम्दानी घटेसँगै नोक्सानी बढ्न पुगेको हो।समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १४ करोड ८८ लाख रुपैयाँबाट घटेर १४ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कम्पनकिो कुल नाफा १४ करोड १ लाख रुपैयाँबाट १३ करोड ६२ लाख रुपैयाँमा झरेको छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च भने ६ करोड २७ लाख रुपैयाँबाट बढेर ७ करोड २६ लाख रुपैयाँ पुगेको छ।

    गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ६५ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ७७ रुपैयाँ १४ पैसा रहेको छ। ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ १० करोड ४७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend