काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले महिला स्वास्थ्यसम्बन्धी सेवाहरूमा छुट सेवा प्रदान गर्ने भएको छ । अस्पतालको ६६ औँ वार्षिकोत्सवको अवसरमा छुट सेवा प्रदान गरिने भएको हो ।
आजदेखि निःशुल्क ओपीडी टिकट र एचआइभी डीएनए परीक्षणमा ५० प्रतिशत छुट दिने घोषणा गरिएको अस्पतालका निर्देशक डाक्टर श्रीप्रसाद अधिकारीले बताए । वार्षिकोत्सवको उपलक्ष्यमा कुपण्डोलस्थित नयाँ ओपीडी भवनबाट सञ्चालन गरिएको स्वास्थ्य शिविरमा स्त्रीरोग (गाइनोकोलोजी) सम्बन्धी सेवा लिन आउने बिरामीहरूलाई कुनै पनि शुल्क नलाग्ने उनले बताए ।यस्तै, महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम पत्ता लगाउन गरिने परीक्षण एचआइभी डीएनए परीक्षणमा पनि ५० प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए ।




.gif)



