काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले गत आवमा असार मसान्तसम्म १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।अघिल्लो वर्ष (२०८०/८१) को यसै अवधिमा कम्पनीले ६ करोड ९२ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको थियो ।
आयोजना प्रभावकारी सञ्चालनमा आएसँगै विद्युत् बिक्री आम्दानी बढ्दा नाफा बढेको हो । गत वर्ष विद्युत् बिक्री आम्दानी ६८ करोड ७१ लाख रुपैयाँ छ ।अघिल्लो वर्ष ८ करोड ३० लाख थियो । कम्पनीले गत वर्ष ब्याजवापत २६ करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ १७ पैसा तथा प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ५३ पैसा छ ।




.gif)



