images

२०८३ आश्विन २० गते

images
images
images

मधुमेहका बिरामीले के खाने, के नखाने ?

मधुमेहका बिरामीले के खाने, के नखाने ?

images
images
आइतवार, श्रावण १८ २०८२
आइतवार, श्रावण १८ २०८२
  • जब कसैलाई मधुमेह हुन्छ, त्यसको अर्थ शरीरमा इन्सुलिन नामक हर्मोन या त पर्याप्त मात्रामा उत्पादन हुँदैन, या त उत्पादन भए पनि इन्सुलिनले ठिकसँग काम गर्न सक्दैन ।इन्सुलिनले रगतमा भएको चिनी (ब्लड सुगर) लाई कोषहरूमा पुर्‍याएर ऊर्जा बनाउन सहयोग गर्छ । त्यसैले इन्सुलिनको कमी वा कार्यक्षमताको बाधा हुँदा रगतमा चिनीको मात्रा बढ्न थाल्छ । यस्तोमा मधुमेह भएका व्यक्तिहरूले आफ्नो रगतमा सुगरको स्तर नियन्त्रण गर्न खानपानमा विशेष ध्यान दिनुपर्छ ।

    images
    images

    खानेकुराहरूको सामान्य सिद्धान्त

    मधुमेह भएको व्यक्तिले सुगर लेभल बढाउने खानेकुराहरू कम खानुपर्छ । चिनी, रिफाइन्ड कार्बोहाइड्रेट र उच्च ग्लाइसेमिक इन्डेक्स भएका खानेकुराहरू कम खाने वा सकेसम्म पूर्णतया बन्द गर्नुपर्छ ।फाइबरले रगतमा सुगरको अवशोषणलाई ढिलो गर्छ, जसले सुगर लेभल नियन्त्रित रहन्छ । त्यसैले दैनिक खानामा फाइबरयुक्त खानेकुरा समावेश गर्नुपर्छ । दैनिक खानामा प्रोटिन, चिल्लो पदार्थ र कार्बोहाइड्रेटको सन्तुलन कायम राख्नुपर्छ । साथै खानेकुराको मात्रा र खाने समयमा ध्यान दिनुपर्छ ।

    images
    images

    के खाने ?

    फलफूल

    मधुमेहका बिरामीले सबै खाले फलफूल खान मिल्छ तर मात्रा भने मिलाउनुपर्छ । तर उच्च ग्लाइसेमिक इन्डेक्स (रगतमा चिनीको स्तर बढाउने तत्त्व) भएको फलफूल कम खानुपर्छ ।

    जस्तै:- स्याउ, एभोकाडो, अम्बा, ठिक्क पाकेको मेवा लगायत चिनीको मात्रा कम भएका फलफूल खान सकिन्छ ।

    कम खाने : सुगर लेभल नियन्त्रित भएको बेला हप्तामा १–२ पटक, थोरै मात्रामा आधा आँप र केरा पनि खान सकिन्छ ।

    अन्न 

    मधुमेहको समस्या भएका व्यक्तिले दैनिक खाने अन्नमा फापर, कोदो, जौको समावेश गर्न सक्छन् । यिनीहरूमा फाइबर धेरै हुन्छ र सुगर लेभल नियन्त्रणमा मद्दत पुग्छ ।

    फापर/कोदोको रोटीमा गहुँको तुलनामा फाइबर धेरै र ग्लुटेन कम हुन्छ । मकैको च्याँख्लामा भातभन्दा कम कार्बोहाइड्रेट भए पनि उच्च ग्याइसेमिक इन्डेक्स हुन्छ, त्यसैले कम खानुपर्छ । सेतो भातको सट्टा ब्राउन राइस खान सकिन्छ, तर सानो कचौरा (१०० ग्राम) मा सीमित राख्नुपर्छ ।


    यो पनि पढ्नुहोस

    बेवास्ता नगरौँ, मधुमेहले निम्त्याउन सक्छ यी ११ जटिलता

    कम खाने : सेतो चामल, रिफाइन्ड मैदा, सेतो पाउरोटीले सुगर लेभल तुरुन्तै बढाउँछ । त्यसैले यस्ता खानेकुरा एकदमै कम खानुपर्छ ।

    तरकारी

    दैनिक खानामा हरियो तरकारी र सागपात जस्तै पालुङ्गो, रायो, ब्रोकाउली, सिमी, बोडी, काउली आदि समावेश गर्नुपर्छ । पोटासियम र फाइबरले धेरै भएको तरकारीले मुटुको स्वास्थ्य र सुगर नियन्त्रणमा सहयोग गर्छ ।

    मधुमेहको समस्या भएका व्यक्तिहरूले दैनिक रुपमा गाजर, काँक्रो, मुला जस्ता सलाद पनि खानु लाभदायक हुन्छ । यसमा कम क्यालोरी हुन्छ जसले सुगर नियन्त्रणमा सहयोग गर्छ ।

    कम खाने : आलु, पाकेको फर्सी, जस्ता तरकारीमा कार्बोहाइड्रेट धेरै हुन्छ, त्यसैले थोरै मात्रामा खानुपर्छ ।

    प्रोटिन

    मुगी, मुसुरो, चना जस्ता दालमा प्रोटिन र फाइबरको मात्रा राम्रो हुन्छ जसले सुगर नियन्त्रणमा सहयोग गर्छ । त्यसैले दैनिक सानो कचौरा (१०० ग्राम) दाल खाने । माछा मासु खाने हो भने त्यसबाट प्रोटिन पाइने पाइन्छ । शाकाहारीका लागि भने तोफु वा भटमासको सातु खान सक्छिन् ।

    पेय पदार्थ

    बिहान खाली पेटमा मनतातो पानी पिउँदा पाचन प्राणी सुधार हुन्छ । एलोवेरा जुस, अमलाको जुस घरमै बनाएर सानो मात्रा (१००–१५० मिली) पिउन सकिन्छ । साथै दालचिनी/तुलसीको चिया पनि पिउन सकिन्छ । यसले सुगर नियन्त्रण र पाचन प्रणाली सुधार गर्न सहयोगी हुन्छ ।

    नखाने : कोल्ड ड्रिङ्क, एनर्जी ड्रिक खान हुँदैन यिनीहरूले सुगर लेभल तुरुन्तै बढाउँछ ।

    खाजा

    ‘स्प्राउट्स’ टुसा उम्रिएको चना, गेडागुडी खान सकिन्छ। साथै मुगी/बेसनको गिलो रोटी पनि बनाएर खान सकिन्छ जसमा प्रोटिन र फाइबरको मात्रा प्रशस्त हुन्छ । खाजामा नुन र तेल नहालेको पपकर्न पनि खान सकिन्छ ।

    नखाने : खाजामा बिस्कुट, केक, पेस्ट्री, रिफाइन्ड मैदाबाट बनेका बेकरी आइटम्स खान हुँदैन ।

    मधुमेह डाइट चार्ट : बिहानदेखि बेलुकासम्म के-के खाने ? 

    बिहानको खाजा

    -मनतातो पानी १ गिलास वा अमलाको जुस (१०० मिली)

    -मुगी/बेसनको गिलो रोटी १–२ वटा, सानो वा भेजिटेबल अम्लेट, उसिनेको १ अण्डा + गाजर/काँक्रो ।

    -तुलसी/दालचिनीको चिया १ कप ।

    -मध्यान्ह स्न्याक्स

    -सानो एउटा स्याउ वा मेवा (१०० ग्राम) ।

    -बदाम/अलस/ओखर मिक्स हातको मुठीमा अट्ने मात्रा ।

    दिउँसोको खाना

    -फापर/कोदोको च्याँख्ला ।

    -मुगी/मुसुरोको दाल एक सानो कचौरा (१०० ग्राम) ।

    -हरियो सागपात काउली, सिमी, पालुङ्गो, एक कचौरा (१५०–२०० ग्राम) ।

    -सलाद गाजर, काँक्रो, मुला, ५–८ टुक्रा ।

    -पेयमा पानी वा दालचिनीको चिया १ कप ।

    साँझको स्न्याक्स

    -भटमासको सातु ३–४ चम्चा वा तोफु सानो कचौरा ।

    -ग्रिन टी रक्तचाप सामान्य भएमा वा तुलसीको चिया १ कप ।

    रातको खाना

    -फाफर/कोदोको रोटी १ सानो वा च्याँख्ला आधा कचौरा, (५०–७० ग्राम) ।

    -दाल सानो कचौरा, (१०० ग्राम) ।

    -हरियो तरकारी एक कचौरा (१५० ग्राम) ।

    -सलाद गाजर, काँक्रो, ५–८ टुत्रा ।

    -लो–फ्याट दही (१०० ग्राम) वा बेसार/दालचिनी मिसाएको दूध (१०० मिली)।

    विशेष सुझावहरू

    -इन्सुलिन लिने बिरामीले कार्बोहाइड्रेटको मात्रा र इन्सुलिनको युनिट मिलाउन चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

    -रोटी, च्याँख्ला वा भात खाँदा सानो कचौरा (१००–१५० ग्राम) मा सीमित राख्ने ।

    -बाहिर खाजा खाँदा चिउरा ३–४ चम्चा, सागपात र बोडी/छोइलाको संयोजन खाने वा अण्डा चना खाने । तारेको र मैदाको खानेकुरा नखाने ।

    -कार्बोहाइड्रेट कम गरेर प्रोटिन तोफु, दाल, अण्डा बढाउने ।

    -रगतको सुगर लेभल र अन्य स्वास्थ्य अवस्थाहरू नियमित जाँच गर्ने ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend