काठमाडौं । एनआईसी एशिया क्यापिटलले संचालन गरेका ४ वटा म्युचुअल फण्डले एकैसाथ प्रतिफल घोषणा भएको छ । क्यापिटलको आज साउन १८ गते बसेको बैठकले प्रतिफल घोषणा गरेको हो।
जस अनुसार एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले १०.१० प्रतिशत, एनआईसी एशिया ब्यालेन्स फण्डले ९.९० प्रतिशत र नआईसी एशिया सेलेक्ट फण्डले ८.६५ प्रतिशत प्रतिफल वितरण गर्ने भएका छन् । यी ३ वटै बन्दमुखी योजना हुन् । यी योजनाको लाभांश वितरणको लागि क्यापिटलले साउन २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।त्यस्तै क्यापिटलको खुलामुखी योजना एनआईसी एशिया डायनामिक डेट फण्डले ५.५५ प्रतिशत प्रतिफल घोषणा गरेको छ। ४ वटै फण्डको प्रतिफल कर सहित घोषणा गरिएका नगद लाभांश हुन् ।




.gif)





