images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • खानी खोला हाइड्रोपावरको हकप्रद सेयर भदौ...

खानी खोला हाइड्रोपावरको हकप्रद सेयर भदौ ३ देखि बिक्री खुला

खानी खोला हाइड्रोपावरको हकप्रद सेयर भदौ ३ देखि बिक्री खुला

images
images
शनिवार, श्रावण १७ २०८२
शनिवार, श्रावण १७ २०८२
  • काठमाडौँः खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि आफ्नो हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हालको चुक्ता पुँजीको १०० प्रतिशत बराबर १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

    images
    images

    यस अनुसार कम्पनीले कुल ४६ लाख ५७ हजार १४३ कित्ता सेयर, प्रति सेयर अंकित मूल्य १०० रुपैयाँका दरले, कूल ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीमा ल्याउनेछ।

    कम्पनीले असार २७ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, असार २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र यो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद भदौ २३ गतेसम्म तोकिएको छ।

    images
    images

    इक्रा रेटिङ र जोखिम सूचकाङ्कः इक्रा नेपालले खानी खोला हाइड्रोपावरलाई ‘इक्राएनपी बी’ (ICRANP B) इस्युअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

    सेयर बिक्री प्रबन्धक र आवेदन प्रक्रियाः यो हकप्रद सेयर निष्कासनको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले निम्न शाखाहरूबाट आवेदन दिन सक्नेछन्ः

    कुमारी बैंक (ललितपुर) सिटिजन्स बैंक इन्टरनेसनल (कुमारीपाटी, ठिमी, विराटनगर, विर्तामोड, वीरगञ्ज, सुर्खेत, जनकपुर, नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल, हेटौँडा)

    त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू तथा मेरो सेयर अनलाइन प्लेटफर्म मार्फत पनि आवेदन दिन सकिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend