images

२०८३ आश्विन १९ गते

images
images
images

काठमाडौँ महानगरद्वारा कुल बजेटमध्ये आधा मात्रै खर्च (विवरणसहित)

काठमाडौँ महानगरद्वारा कुल बजेटमध्ये आधा मात्रै खर्च (विवरणसहित)

images
images
शुक्रवार, श्रावण १६ २०८२
शुक्रवार, श्रावण १६ २०८२
  • काठमाडौं ।महानगरपालिकाले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल २५ अर्ब ८६ लाख ५२ हजार रुपैयाँको बजेटमा १३ अर्ब ३ करोड ८५ लाख १७ हजार रुपैयाँ (५२.१३%) मात्र खर्च भएको हो।तथ्याङ्कले महानगरको प्रशासनिक तथा चालु प्रकृतिका खर्च सन्तोषजनक रहे पनि विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्च भने कमजोर रहेको देखाएको छ। महानगरको कुल पुँजीगत बजेट १५ अर्ब ६ करोड ५६ लाख १ हजार रुपैयाँ रहेकोमा ६ अर्ब ७३ करोड ९३ लाख ९८ हजार (४४.७%) मात्र खर्च भएको छ। यसको तुलनामा चालु खर्च भने ६३.३ प्रतिशत (९ अर्ब ८२ करोड २० लाख ५० हजारमा ६ अर्ब २२ करोड ९१ लाख १८ हजार) देखिएको छ।

    images
    images

    महानगरका ३२ वडाहरूमध्ये वडा नम्बर ११ ले सबैभन्दा कम गर्छ गरेको छ, जसले आफ्नो कुल १७ अर्ब ९८ लाख ८८ हजारको बजेटमा जम्मा २ करोड ६५ लाख ५७ हजार (१४.७६%) मात्र खर्च गर्न सकेको छ। यसैगरी, कम खर्च गर्ने अन्य वडाहरूमा वडा नम्बर १ (३५.३४%), वडा नम्बर १६ (३६.७५%), र वडा नम्बर ८ (४२.९४%) रहेका छन्।बजेट खर्चमा केही वडाहरूले भने उत्कृष्ट कार्यसम्पादन देखाएका छन्। वडा नम्बर १२ ले आफ्नो बजेटमा ८४.७१% खर्च गर्दै सबैभन्दा अगाडि रहेको छ।बजेटको ठुलो रकम फ्रिज भएको महानगरपालिकाको चालू आर्थिक वर्ष २०८२/८३ को लागि पनि २५ अर्ब  ७६ करोड ४३  लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend