भोजपुर । भोजपुरको टेम्केमैयुङ–६ कोटमा प्रसूति भवन निर्माणको गरिएको छ । सामान्य प्रसूति गराउनसमेत घण्टौं लगाएर स्ट्रेचर तथा डोकोमा बोकेर भोजपुर सदरमुकाम जानुपर्ने बाध्यतामा रहेका स्थानीय गाउँमा नै सुविधा थपिने भएपछि उत्साहित भएका छन् ।यहाँ वडा कार्यालयको पहलमा २५ लाख लागतमा प्रसूति भवन निर्माण गरिएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले जानकारी दिए । संघीयता कार्यान्वयनसँगै साबिकको एक वडालाई फुटाएर दुईवटा वडा बनाइएकाले यहाँ कुनै पनि संरचना नभएको कारण स्थानीयलाई समस्या रहेकाले सहज स्वास्थ्य सेवा विस्तारका लागि प्रसूति भवन निर्माण गरिएको उनको भनाइ छ ।
‘स्थानीयवासीलाई सहज स्वास्थ्य सेवा पु¥याउन प्रसूति भवन निर्माण गरेका हौं,’ वडाध्यक्ष नेपालले भने, ‘वडा विभाजनपछि यहाँ स्वास्थ्य सेवा लिन कठिनाइ छ, स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर प्रसूति भवन निर्माणको पहल थालेका हौं ।’भवनबाट सेवा सुरु भएपछि यहाँका गरिब तथा विपन्न परिवारलाई प्रत्यक्ष लाभ पुग्ने उनको भनाइ छ ।भवन बनेपछि प्रसूति सेवा लिनका लागि घण्टौं लगाएर स्ट्रेचर तथा डोकोमा बोकेर जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता हट्ने स्थानीयवासी तथा वडा सदस्य प्रेमकुमारी श्रेष्ठले बताइन् । वर्षौंपछि गाउँमा नै सुरक्षित प्रसूति सेवा लिने वातावरण बन्ने भएपछि खुसी लागेको उनको भनाइ छ ।
‘गाउँमै प्रसूति निर्माणले भवनले उत्साहित भएका छौं,’ उनले भनिन्, ‘गाउँमा सुरक्षित प्रसूति गराउने ठाउँ नहुँदा धेरै समस्या थियो, यातायातको साधन नचलेको अवस्थामा डोको तथा स्टेचरमा बोकेर सदरमुकामसम्म लैजानुपर्ने बाध्यता थियो ।’हिउँदको समयमा यातायात सेवा सञ्चालन भए पनि बर्खायाममा भने यहाँका नागरिकलाई स्वास्थ्य सेवा लिन समस्या रहेको स्थानीयवासी विशाल राईले बताए । आफ्नै ठाउँमा प्रसूति भवन निर्माणले उत्साह थपिएको राईको भनाइ छ । भवनलाई सुरक्षा प्रदान गर्नका लागि घेराबारासँगै पहिरोबाट बचाउन पर्खाल लगाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।नागरिकको आधारभूत आवश्यकताका रूपमा रहेको स्वास्थ्यजस्तो संवेदनशील विषयमा राज्य गम्भीर बन्न आवश्यक रहेको स्थानीयवासीले बताउने गरेका छन् ।




.gif)





