images

२०८३ आश्विन १७ गते

images
images
images

निगुरोको भाउ बढ्यो, किलोको कति ?

निगुरोको भाउ बढ्यो, किलोको कति ?

images
images
बिहिवार, श्रावण १५ २०८२
बिहिवार, श्रावण १५ २०८२
  • काठमाडौं । स्थानीय बजारमा निगुरोको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बिहीबार निगुरोको भाउ बढेको हो ।

    images
    images

    निगुरोको भाउ आज थोकमा प्रतिकिलो १० रुपैयाँ बढेको छ । बुधबार निगुरोको भाउ थोकमा प्रतिकिलो न्यूनतम ७० देखि अधिकतम ८० रुपैयाँमा किनबेच भएको थियो । आज बिहीबार भने यसको भाउ किलोमा न्यूनतम ८० देखि अधिकतम ९० रुपैयाँ कायम छ ।

    असार पहिलो साता बजारमा निगुरो प्रतिकिलो थोकमा २० देखि ३० रुपैयाँसम्म किनबेच भएको थियो । यस्तै २२ असार भने निगुरो थोकमा प्रतिकिलो ८० देखि १ सय रुपैयाँमा किनबेच भएको थियो । बीचमा २० देखि ३० रुपैयाँसम्म निगुरोको मूल्य घटेकामा अहिले फेरि बढ्न थालेको हो ।अहिले निगुरोको सिजन सकिएकाले मूल्य बढ्न थालेको व्यवसायीहरू बताउँछन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend