images

२०८३ आश्विन १९ गते

images
images
images

डिङ्गरनगर सहकारीको १२ करोड हिनामिना, २५ करोड नियमविपरीत लगानी

डिङ्गरनगर सहकारीको १२ करोड हिनामिना, २५ करोड नियमविपरीत लगानी

images
images
बिहिवार, श्रावण १५ २०८२
बिहिवार, श्रावण १५ २०८२
  • रुपन्देहीको तिलोत्तमास्थित डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाको १२ करोड रकम हिनामिना भएको पुष्टि भएको छ । तिलोत्तमास्थित सहकारीको बचत अपचलनका सन्दर्भमा गठित स्वतन्त्र लेखा परीक्षकको प्रतिवेदनले १२ करोड रूपैयाँ हिनामिना तथा करिब २५ करोड रूपैयाँ नियम विपरीत लगानी गरेको देखिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । सहकारीबाट सर्वसाधारण बचतकर्ताको करोडौं रकम हिनामिना गरेर घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्री फरार भएपछि सहकारीका अन्य सञ्चालक र बचतकर्ताले लेखापरीक्षक योगचन्द्र बास्तोलाको नेतृत्वमा स्वतन्त्र लेखापरीक्षण गर्न समिति बनाएको थियो ।

    images
    images

    समितिले २८ दिन लगाएर गरेको करिब ४५० पृष्ठको अनुसन्धान प्रतिवेदन समितिका कोषाध्यक्ष र बचतकर्ताद्वारा गठित छानबिन व्यवस्थापन तथा समन्वय समितिलाई हस्तान्तरण गरिएको हो । लेखापरीक्षक योगचन्द्र बास्तोलाले आफूहरूले उक्त सहकारीको दुग्ध कारोबार बाहेकको सम्पूर्ण हिसाब अध्ययन गरी प्रतिवेदनमा समावेश गरेको बताए । सहकारीका कोषाध्यक्ष सुरेन्द्र बज्राचार्यले प्रतिवेदन लुम्बिनी प्रदेश सहकारी दर्ता रजिस्ट्रारको कार्यालयमा बुझाउने बताए ।लेखापरीक्षकले दिएको प्रतिवेदनमा सहकारीको १२ करोड रूपैयाँ हिनामिना गरेको देखिएको तथा करिब २५ करोड रूपैयाँ नियम विपरीत लगानी गरेको देखिएको छानबिन समितिका एक सदस्यले बताए । सहकारीको १४ वर्षको अवधिमा अध्यक्ष र सचिवले करिब ८० करोड रूपैयाँ गैरकानूनी ढङ्गले चलाएको देखिन्छ । त्यसमध्ये पछिल्लो वर्ष २५ करोड नियम विपरीत लगानी गरेको र १२ करोड रूपैयाँ कहाँ छ भन्ने नदेखिएको ती सदस्यले बताए । 

    गएको असार १७ गते सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्री बचतकर्ताको करोडौं अपचलन गरी फरार भएपछि बचतकर्ताले उनीहरूलाई कारबाहीको माग गर्दै आफ्नो बचत फिर्ताको वातावरण बनाउन लगातार प्रशासनलाई दबाब दिँदै आएका थिए । सहकारीका व्यवस्थापक बसन्त पराजुलीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । पछिल्ला केही दिन यता बचतकर्ताहरूले अध्यक्ष र सचिवका श्रीमतीलाई नियन्त्रणमा लिएर छलफल गराएको छ । बुधबार अपराह्नदेखि बचतकर्ता र अध्यक्ष तिवारीकी श्रीमती शारदा तिवारी र सचिवको श्रीमती गीतादेवी पन्थीबिच छलफल भए पनि कुनै सहमति नभएपछि पीडित बचतकर्ताले सहकारीको कार्यालयबाट उनीहरूलाई रातभर निस्कन दिएनन् । 

    images
    images

    अहिले पनि उनीहरू बचतकर्ताहरूको नियन्त्रणमै छन् । असार १७ देखि फरार दुवै जनाविरुद्ध रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । तर, प्रहरी उनीहरूको खोजीमा गम्भीर नभएको भन्दै बचतकर्ता आक्रोशित छन् ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी गणेश सापकोटाले फरार अध्यक्ष र सचिवको खोजी जारी रहेको बताए । स्थानीय सहकारीमा समेत समस्या देखिन थालेपछि बचतकर्ता अहिले त्रसित छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend