images

२०८३ आश्विन २० गते

images
images
images
  • स्वास्थ्य
  • नवलपरासी पश्चिममा ‘पारिवारिक स्वास्थ्य प्रोफाईल’ बनाउने...

नवलपरासी पश्चिममा ‘पारिवारिक स्वास्थ्य प्रोफाईल’ बनाउने अभियान सुरु

नवलपरासी पश्चिममा ‘पारिवारिक स्वास्थ्य प्रोफाईल’ बनाउने अभियान सुरु

images
images
बिहिवार, श्रावण १५ २०८२
बिहिवार, श्रावण १५ २०८२
  • नवलपरासी । नवलपरासी पश्चिममा समुदाय स्तरको पारिवारिक स्वास्थ्य प्रोफाईल बनाउने अभियान सुरु गरिएको छ । मोबाईल मार्फत नागरिकलाई स्वास्थ्य सम्बन्धी जानकारी दिने लक्ष्यका साथ नवलपरासी पश्चिममा पारिवारिक स्वास्थ्य प्रोफाईल बनाउने अभियान सुरु गरिएको हो ।

    images
    images

    लुम्बिनी प्रदेशका तीन जिल्ला पाल्पा, बाँके र अर्घाखाँचीमा अभियान सुरु भइसकेको छ। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले नवलपरासीमा सुरु गरिएको अभियानको उद्घाटन गरेका थिए । अभियानको उद्घाटन गर्दै मन्त्री सारुले मातृमृत्युदरको तथ्याङ्क हेर्दा सुधार गर्नुपर्ने धेरै विषय देखिएको बर्ताए ।उनले जिल्लाको सामाजिक, सांस्कृतिक र भावनात्मक रहनसहन बुझेर सुचक र तथ्याङ्कका आधारमा योजना तथा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। समस्या आईसकेपछी उपचार गर्ने मात्र नभएर समस्या आउनुपुर्व नै त्यसको अध्ययन गरेर समस्या नै आउन नदिने तर्फ लाग्नुपर्ने समेत उनले बताए ।

    मन्त्री सारुले स्वास्थ्य मन्त्रालय मातहतका अस्पतालमा काम गर्ने कर्मचारीहरुले नाम देखिने गरि व्यक्तिगत व्यवसायमा बोर्ड राख्ने काम हटाउने, आर्थिक पारदर्शिता र शुसासनका लागि सवारी सवारी साधनहरुमा जिपीएस जडान गरिएको, छात्रवृत्ति करारका विद्यार्थीहरुलाई ग्रामिण क्षेत्रका अस्पतालहरुमा पठाउनेलगाएतका काम प्राथमिकताका साथ मन्त्रालयले गरेको बताए ।अभियान अन्तरगत सरोकारवालाहरुसंगको अन्तरक्रियामा सहजिकरण गर्दै स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत मान बहादुर ओलीले नेपालको संविधानमा स्वच्छ रुपमा बाँच्न पाउने हक भएको भन्दै स्वास्थ्य र सुरक्षित मातृत्व, बालबालिकाको हक, महिलाको हकलगाएतका विषयमा काम गर्नुपर्ने बताए । उनले स्वास्थ्य संस्थाले जनस्वास्थ्य ऐन २०७५ र नियमावली २०७७ अनुसार ९ शिर्षक र ४५ बढी सेवा दिनुपर्नेमा समेत जोड दिए ।

    images
    images

    नवलपरासी पश्चिममा ३६ प्रतिशतको विवाह १८ देखि २० वर्षमा हुने तथ्याङ्क रहेको छ । यहाँ चार पटक नै गर्भ जाँच गराउने गर्भवती ८६ प्रतिशत रहेका छन । ।लुम्बिनी प्रदेशमा ९३ प्रतिशत आमाहरुले स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने गरेको तथ्याङ्क छ ।बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले फेमिलि हेल्थ प्रोफाईल निर्माण भएपछि नागरिकले सहज तरिकाले स्वास्थ्य सेवा प्राप्त गर्ने बताए भने प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चौधरीले प्रदेश सरकारले नागरिक स्वास्थ्यलाई डिजिटलाईजेसन गर्ने अभियान सञ्चालन गर्नु खुशीको कुरा भएको बताए।यस्तै, रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले योजना र कार्यक्रम राम्रो भएपनि त्यसको कार्यान्वयन पक्ष कमजोर हुने भएकाले त्यस विषयमा ध्यान दिनुपर्नेमा जोड दिइन्।

    लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठले प्रविधि मार्फत महिलाहरुको स्वास्थ्यलाई गतिशिल बनाउने लक्ष्यका साथ यो योजना अघी सारिएको बताए । उनले स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकाहरु घरघरमै पुगेर डाटा लिने भएकाले आगामी दिनमा बनाउने योजना र अभियानहरु सञ्चालन गर्न प्रभावकारी हुने बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend