images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • महुली लघुवित्तको खुदनाफा २५५ प्रतिशतले बढ्यो,...

महुली लघुवित्तको खुदनाफा २५५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

महुली लघुवित्तको खुदनाफा २५५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

images
images
बिहिवार, श्रावण १५ २०८२
बिहिवार, श्रावण १५ २०८२
  • महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा उल्लेख्य रुपले बृद्धि भएको छ । संस्थाले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा बृृद्धि भएको हो ।

    images
    images

    खुद नाफा

    गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ११ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २५५.८० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ३ करोड २१ लाख रुपैयाँ यस्तो नाफा कमाएको थियो ।

    images
    images

    खुद ब्याज आम्दानी/कुल सञ्चालन आम्दानी

    समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४३.०२ प्रतिशत र अन्य सञ्चालन आम्दानी २.५२ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३६.३० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २३२.३३ प्रतिशत बढेको छ।

    वितरणयोग्य मुनाफा

    असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १२ करोड ४१ लाख रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ५७ पैसा रहेको छ।

    प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ/मूल्य आम्दानी अनुपात

    नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २० रुपैयाँ ९८ पैसा बढेर ३० रुपैयाँ ८६ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ २१४ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.८६ गुणा रहेको छ।

    चुक्ता पूँजी/जगेडा कोष

    ३६ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४२ करोड ३१ लाख रुपैयाँ सञ्चित छ।

    निक्षेप/सापटी/कर्जा लगानी

    लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ७४ करोड ३ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब २४ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend