images

२०८३ आश्विन २१ गते

images
images
images

महिलामा फेला पर्‍यो दुर्लभ रोग, पतिको वीर्यसँग एलर्जी

महिलामा फेला पर्‍यो दुर्लभ रोग, पतिको वीर्यसँग एलर्जी

images
images
मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • लिथुआनियाकी २९ वर्षीया एक युवतीको स्वास्थ्य समस्याले चिकित्सा क्षेत्रमै तरंग उत्पन्न गरिदिएको छ। ती महिला र उनका पतिले लामो समयदेखि बच्चा जन्माउने योजना बनाइरहेका छन् । तर, उनमा गर्भाधारण नै भएन । त्यसपछि उनले दुईपटक टेस्टट्युब प्रविधिबाट गर्भाधारणको प्रयास गरिन् । त्यो पनि सफल भएन । डाक्टरहरुले त्यसको कारण पत्ता लगाउनै सकेनन् । तर, पछि यस्तो तथ्य पत्ता लाग्यो कि त्यसले सबैलाई तर्साइदियो ।

    images
    images

    वास्तवमा ती महिलालाई वीर्यको एलर्जी रहेछ । त्यसलाई चिकित्सा भाषामा ‘ह्युम सिमिनल प्लाज्मा’ (एचएसपी) एलर्जी भनिन्छ । यो निकै दुर्लभ स्वास्थ्य समस्या हो र विश्वमा अहिलेसम्म केवल ८० जना महिलामा मात्र यस्तो समस्या पत्ता लागेको छ ।आखिर यो विर्य एलर्जी के हो ? यसले महिलाको गर्भाधारणलाई कसरी प्रभाव पार्यो ? अनि यस पछाडिको विज्ञान के छ ? विस्तारमा बुझौं ।

    घटना के हो ?

    images
    images

    लिथुआनियाको ती २९ वर्षीया महिला पतिसँगको सहवाससँगै केही वर्षदेखिको अथक प्रयासका बाबजुत गर्भवती हुन असफल भइरहेकी थिइन् । त्यसपछि उनले गर्भाधारणका लागि आईभीएफको सहारा लिइन् । त्यस प्रविधिमा भ्रूणलाई प्रयोगशालामा तयार गरी महिलाको गर्भाशयमा राखिन्छ ।उनले आईभीएफबाट गर्भ राख्ने प्रयास दुईपटक गरिन् । तर दुवै पटक असफल रह्यो । उनको जाँचका क्रममा स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुले त्यसको यकिन कारण पत्ता लगाउन सकेनन् ।यो रोग निकै दुर्लभ छ । विश्वमा हालसम्म  केवल ८० जनामा मात्रै यस्तो समस्या देखिएको छ । तथापि विज्ञहरुले यो संख्या अधिक हुनसक्ने र धेरै मानिसहरुले लाज वा अनभिज्ञताका कारण आफ्नो समस्या लुकाएको हुनसक्ने अनुमान गरेका छन्

    ती महिलालाई पहिलेदेखि नै दम तथा नाकको एलर्जी थियो । धुलो, बिरालोको रौं तथा ढुसीजस्ता चिजहरुले झनै बढाउँथ्यो । पटक पटकको गर्भाधारणमा असफलतासँगै उनलाई कतै आफ्नो एलर्जीको समस्याका कारणले पो त्यसो भएको हो कि ? भन्ने शंका लाग्यो । त्यसपछि उनी एलर्जी रोग विशेषज्ञकहाँ जाँच गराउन पुगिन् । अन्तत: त्यहीँ नै उनको जीवनको एउटा अनौठो रहस्य पत्ता लाग्यो ।एलर्जी विज्ञले विभिन्न जाँच गरे । त्यसक्रममा केही अचम्म लाग्दा तथ्यको खुलासा भयो ।रक्त परीक्षणका क्रममा ती महिलाको खुनमा इयोसिनोफिल्स नामक शेता रक्तकोशिकाको संख्या अत्यधिक रहेको पाइयो । ती कोशिकाहरुले शरीरलाई एलर्जीबाट बचाउने का मगर्दछन् । साथै नाकको जाँचका क्रममा इयोसिनोफिल २९ प्रतिशत पाइयो, जुन सामान्यतया ० देखि ५ प्रतिशतसम्म हुन्छ ।

    छालामा एलर्जी परीक्षण गर्दा ती महिलालाई धुलो, घास, कुकुर तथा किर्नालगायतका साना किराहरुबाट एलर्जी रहेको पत्ता लाग्यो । खासगरी उनलाई Can f 5 (Canis familiaris allergen 5) नामक प्रोटिनसँग निकै धेरै एलर्जी रहेछ । उक्त प्रोटिन कुकुरको छालाको चाया तथा पिसाबमा पाइन्छ ।उक्त प्रोटिन मानिसको वीर्यको तरल भाग अर्थात् सिमिनल प्लाज्माजस्तै हुन्छ । त्यसैगरी डाक्टरहरुले उनका पतिको वीर्यबाट ती महिलामा एलर्जी हुने नहुने कुरा पत्ता लगाउनका लागि समेत विशेष परीक्षण गरे । त्यसबाट ती महिलालाई ह्युमन सिमिनल प्लाज्मा एलर्जी अर्थात् विर्यको एलर्जी रहेको तथ्य पत्ता लाग्यो ।

     डाक्टरहरुलाई बताए अनुसार पतिसँग कण्डमविना यौन सम्पर्क गरेपछि उनलाई नाक बन्द हुने, हाछ्युँ आउने तथा यौनांगमा जलन हुने जस्ता समस्या आउने गर्दथे । तर, उनलाई यस्ता समस्या पतिको वीर्यबाट हुने एलर्जीका कारण सिर्जित भएका हुन् भन्ने थाहा थिएन ।वास्तवमा ह्युमन सिमिनल प्लाज्मा एलर्जी एक दुर्लभ स्वास्थ्य समस्या हो । यसमा कुनै व्यक्तिको वीर्यमा रहेका प्रोटिनबाट एलर्जी हुन्छ । यो वीर्यको त्यो तरल हिस्सा हो जसले शुक्रकिटलाई प्रसार गर्दछ । यो एलर्जी महिलाहरुमा देखिने भए पनि केही पुरुषमा पनि यो समस्या हुनसक्छ । जसलाई पोस्ट अर्गेज्मिक इलनेस सिन्ड्रोम भनिन्छ ।

    यो रोग निकै दुर्लभ छ । विश्वमा हालसम्म  केवल ८० जनामा मात्रै यस्तो समस्या देखिएको छ । तथापि विज्ञहरुले यो संख्या अधिक हुनसक्ने र धेरै मानिसहरुले लाज वा अनभिज्ञताका कारण आफ्नो समस्या लुकाएको हुनसक्ने अनुमान गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend