images

२०८३ आश्विन १८ गते

images
images
images

कागती बिक्री नहुँदा किसान समस्यामा

कागती बिक्री नहुँदा किसान समस्यामा

images
images
मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • काठमाडौँ ।  घोराही (दाङ)का  किसान कागती बिक्री नहुँदा चिन्तित छन् । सहज रूपमा बजारीकरण नहुँदा धेरैजसो बारीमै कुहिएर खेर गइरहेको गढवा गाउँपालिका–८ कोइलावासमा किसान गोविन्द अधिकारी बताउनुभयो । उहाँले विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा यसको खेती गर्दै आउनुभएको छ । 

    images
    images

    भारतीय कागतीका कारण स्थानीयस्तरमा उत्पादित कागतीले बजार नपाएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “स्वदेशमै केही गरौँ भन्ने लक्ष्यसहित लागेको छु, बजार नपाउँदा निराश भए पनि आँट मारिसकेको छैन ।” पछिल्लो समय एक क्विन्टल कागती बारीमै कुहिएर खेर गएको उहाँको भनाइ छ । उमेरले २५ वर्ष पुग्नुभएका किसान अधिकारीको बारीमा एक सय ५० कागतीका बोट छन् ।

    पछिल्लो समय सामाजिक सञ्जालमा बिक्रीमा समस्या भनेर राखेपछि काठमाडौँबाट माग आएकाले चार सय ९७ केजी उधारोमा पठाएको उहाँको भनाइ छ । रु ८० का दरले पठाएको उहाँ बताउनुहुन्छ । आफ्नै गाउँठाउँमा व्यावसायिक रूपमा कागतीखेती गर्दै आउनुभएका उहाँले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वदेशमै केही गरौँ भन्ने भावनासहित यो व्यवसायमा लागेको छु, बजार खोज्दै भौतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ ।” उहाँले एक बिघा जग्गामा व्यावसायिक रूपमा कागतीको खेती गर्दै आउनुभएको छ । किसान अधिकारीले यसबाट वार्षिक रूपमा रु दुई लाख ५० हजार बढी आम्दानी गर्दै आउनुभएको छ । उहाँले कागतीसँगै आँप, लिच्ची, अमलालगायतको पनि खेती गर्दै आउुनभएको छ । 

    images
    images

    सुरुमा उहाँका तीन दाजुभाइ मिलेर कागतीखेती गर्नुभएको थियो । दाजु विक्रम अधिकारी भने हाल वैदेशिक रोजगारमा हुनुहुन्छ भने भाइ जीवनले उहाँलाई सहयोग गर्दै आउनुभएको छ । यसका कारण व्यावसायिक रूपमा कागतीखेतीलाई निरन्तरता दिन केही सहज भएको उहाँको भनाइ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend