images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • पूर्वप्रधानमन्त्री नेपाललाई वारेस मार्फत मुद्दा लड्न...

पूर्वप्रधानमन्त्री नेपाललाई वारेस मार्फत मुद्दा लड्न नपाउने

पूर्वप्रधानमन्त्री नेपाललाई वारेस मार्फत मुद्दा लड्न नपाउने

images
images
मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • काठमाडौंः विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई वारेस मार्फत मुद्दा लड्न नपाउने आदेश दिएको छ।

    images
    images

    नेपालले राजनीतिक कारणले देशभर कार्यक्रममा जानु पर्ने जनाउँदै अदालतमा वारेस नियुक्तिको अनुमति माग गरेका थिए। तर विशेष अदालतका न्यायाधीशद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठले सोमबार उक्त माग अस्वीकार गरेका हुन्।

    नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता गोविन्द शर्मा ‘वन्दी’, मेजर थापा र अन्य १२ जना अधिवक्ताहरुले वकालत गर्दै बहस प्रस्तुत गरेका थिए। तर अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९५ को उपदफा (१) को खण्ड (क) अनुसार वारेस अनुमति नदिइने स्पष्ट पारेको छ।

    images
    images

    नेपाल विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार अभियोग लगाइएको छ। सोही दफाले देखाएको अनुसार, दफा ३ को उपदफा (१) को खण्ड (झ) अन्तर्गत ८ वर्षदेखि १० वर्षसम्म कैद सजायको व्यवस्था छ।

    अदालतले उल्लेख गरे अनुसार यो मुद्दामा नेपाललाई रु. १८ करोड ५८ लाख ५० हजार बिगो कायम गरी मुद्दा दायर गरिएको छ। यसले तीन वर्षभन्दा बढी सजायको सम्भावना हुने भएकाले वारेस राख्न मिल्दैन भन्ने निर्णय अदालतले सुनाएको हो।

    सो आदेशपछि अब नेपालले मुद्दाको हरेक पेशीमा अदालतमा स्वयं उपस्थित हुनुपर्नेछ। यसअघि उनले असार ११ गते विशेष अदालतमा रु. ३५ लाख धरौटी बुझाएर मुद्दाको पुर्पक्ष गरेका थिए।

    522711041_1513627392853617_5528514611317618957_n

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend