images

२०८३ आश्विन २० गते

images
images
images
  • स्वास्थ्य
  • मन्त्रालयले सातै प्रदेशमा पठायो रेविज विरुद्धको...

मन्त्रालयले सातै प्रदेशमा पठायो रेविज विरुद्धको ५१ हजार भायल खोप

मन्त्रालयले सातै प्रदेशमा पठायो रेविज विरुद्धको ५१ हजार भायल खोप

images
images
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले सातै प्रदेशमा रेबिजविरुद्धको खोप र सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ ।

    images
    images

    विभागअन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले यसअघि नै खरिद गरिएका औषधि प्रदेशका स्वास्थ्य संस्थामा वितरण गर्ने गरी आपूर्ति केन्द्रमा पुर्‍याइएको बताए ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीलाई उक्त खोप र औषधि अभाव नहुने गरी तत्काल आपूर्ति व्यवस्थापन गर्न भनेका थिए ।

    रेबिजविरुद्ध उपयोग हुने ५१ हजार १८० भायल खोप प्रदेश आपूर्ति केन्द्रमा पुगिसकेको विभागले जनाएको छ ।खोप सबैभन्दा बढी वाग्मती प्रदेशमा आपूर्ति गरिएको छ । वाग्मतीमा १० हजार ८० भायल रेबिजविरुद्धको खोप आपूर्ति गरिएको छ । सर्पदंशविरुद्धको एक हजार भायल भेनम आपूर्ति गरिएको छ ।मधेस प्रदेशमा सर्पदंशविरुद्धको भेनम सबैभन्दा बढी दुई हजार ५०० र रेबिजविरुद्धको खोप करिब पाँच हजार भायल आपूर्ति गरिएको छ ।मागका आधारमा अरू प्रदेशमा पनि भ्याक्सिन र भेनम आपूर्ति गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend