images

२०८३ आश्विन २० गते

images
images
images

मेचीनगरमा २ महिलालाई ‘जापानिज इन्सेफलाइटिस’ संक्रमण

मेचीनगरमा २ महिलालाई ‘जापानिज इन्सेफलाइटिस’ संक्रमण

images
images
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • झापा। मेचीनगर नगरपालिकाका दुई महिलामा ‘जापानिज इन्सेफलाइटिस’ संक्रमण पुष्टि भएको छ। मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार वडा नं ३ की ३६ वर्षीया र वडा नं ५ की ५५ वर्षीया महिलामा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि भएको हो।

    images
    images

    संक्रमित दुवै जनाको विर्तामोडस्थित पूर्णटुंग बिर्तासिटी अस्पतालमा उपचार गरिएको छ। उपचारपछि भर्खरै घर फर्किएका दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको शाखा प्रमुख सापकोटाले बताइन्।जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा संक्रमण हुने एक प्रकारको भाइरसजन्य रोग हो। यसले संक्रमितको स्नायु प्रणालीलाई अंगभंग बनाउनुका साथै बिरामीको मृत्युसमेत हुनसक्ने स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी बताउँछन्।

    नगरमा जापानिज इन्सेफलाइटिसको संक्रमण देखा परेपछि यसको रोकथाम र उपचारको बारेमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बाराकोटी, काठमाडौंस्थित विश्व स्वास्थ्य संगठनकी प्रतिनिधि डा सोनिया भगत, प्रादेशिक अस्पताल भद्रपुरकी डा संगीता साह लगायतको विज्ञ टोलीले मेचीनगरका जनप्रतिनिधि र स्वास्थ्य शाखाका कर्मचारीसँग छलफल गरेको नगरका प्रेस संयोजक अर्जुन कार्कीले जानकारी दिएका छन्।विज्ञ टोलीले संक्रमण फैलिन नदिन समुदायमा जनचेतना अभिवृद्धिका कार्यक्रम गर्न, बिरामीको खोजी र उपचारको व्यवस्था मिलाउन सुझाव दिएको कार्कीले बताए। छलफलमा सहभागी नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले संक्रमण फैलिन नदिन स्वाथ्यकर्मीलाई घर–घर पुगेर सचेतना जगाउन र संक्रमितको समयमा नै स्वास्थ्य उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

    images
    images

    संक्रमणको अवस्था जटिल बनेमा प्रादेशिक अस्पताल भद्रपुरमासमेत उपचारको व्यवस्था मिलाउन आवश्यक समन्वय गरिने उपप्रमुख मीना उप्रेतीले बताइन्। जापानिज इन्सेफलाइटिस सार्ने भाइरसबाट संक्रमित हाँस, कुखुरा, संगुर, बंगुर, घरपालुवा चरा, बकुल्ला आदिलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेपछि रोगको संक्रमण फैलिन्छ।स्वास्थ्य शाखाकी प्रमुख सापकोटाका अनुसार टाउको दुख्ने, उच्च ज्वरो आउने, बेहोस हुने, घाँटीमा गाह्रो भएर सास फेर्न कठिन हुने, कम्पन हुने र पक्षघात हुने यो रोगको प्रमुख लक्षण हुन्। जापानिज इन्सेफलाइटिसबाट जोगिने सबैभन्दा राम्रो उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो। शरीर ढाक्नेगरी कपडा लगाउने र झुलभित्र सुत्ने गरेमा रोगको संक्रमणको जोखिम कम हुने उनको भनाइ छ।

    यो रोगबाट बच्नका लागि बालबालिकालाई १२ महिनाको उमेरमा खोप लगाउनुपर्छ। यदि यो खोप लगाउन छुटेको रहेछ भने पाँच वर्षको उमेरमा पनि खोप लगाउन सकिने उनले जानकारी दिइन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend