images

२०८३ आश्विन १६ गते

images
images
images
  • विमा
  • इन्फिनिटी लघुवित्तको नाफा उल्लेख्य सुधार, १०४.७१...

इन्फिनिटी लघुवित्तको नाफा उल्लेख्य सुधार, १०४.७१ प्रतिशतले बढ्यो

इन्फिनिटी लघुवित्तको नाफा उल्लेख्य सुधार, १०४.७१ प्रतिशतले बढ्यो

images
images
आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  • इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले गत सार्वजनिक गरेको आर्थिक वर्षको चौथो त्रैमासिक सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा १०४.७१ प्रतिशतले नाफा बढेको हो ।  गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ९ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ४ करोड ५७ लाख रुपैयाँ रहेको थियो । लघुवित्तको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा पनि सुधार देखिएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३९.६४ प्रतिशत र अन्य सञ्चालन आम्दानी ४९.६७ प्रतिशत बढेको छ । 

    images
    images

    त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ४०.९३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १७०.७७ प्रतिशत बढेको छ । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ ६४ पैसा बढेर १८ रुपैयाँ ८५ पैसा पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४६.१६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ६५ पैसा रहेको छ ।

    ४९ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २८ करोड १८ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ५ अर्ब ३६ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend