images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • अख्तियारमा पहिलो पटक पूर्वप्रधानमन्त्री,सांसदसहित ७५३ जनाविरुद्ध...

अख्तियारमा पहिलो पटक पूर्वप्रधानमन्त्री,सांसदसहित ७५३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारमा पहिलो पटक पूर्वप्रधानमन्त्री,सांसदसहित ७५३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

images
images
शनिवार, श्रावण १० २०८२
शनिवार, श्रावण १० २०८२
  • काठमाडौँः यस आर्थिक वर्ष २०८१।८२ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि ऐतिहासिक वर्ष बेनको छ। यो वर्षमा आयोगले पहिलोपटक पूर्वप्रधानमन्त्री विरुद्ध पहिलो पटक भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    images
    images

    आयोगले गत आर्थिक वर्षमा विशेष अदालतमा १३७ मुद्दाहरूमा ७५३ जना प्रतिवादी विरुद्ध करिब ५ अर्ब ९७ करोड रुपैयाँ बिगो माग गरिएको छ। तीमध्ये ३७ वटा घुस रिसवत, ३६ वटा गैरकानुनी लाभ, २७ वटा नक्कली शैक्षिक प्रमाणपत्र, २३ वटा सार्वजनिक सम्पत्तिको क्षति, ८ वटा गैरकानुनी सम्पत्ति आर्जन र २ वटा सम्पत्ति शुद्धीकरण सम्बन्धी रहेका छन् । गत वर्ष पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, बहालवाला सांसद मोहन बस्नेत लगायत हाइप्रोफाइल विरुद्ध समेत मुद्दा दायर गरेको थियो।

    आयोगले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार आर्थिक वर्ष २०८१।८२ मा आयोगमा विभिन्न माध्यमबाट २८,५९७ उजुरी प्राप्त भएका थिए । यसैगरी अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ८,४२९ उजुरी समेत गरेर कुल ३७,०२६ उजुरीहरू मध्ये ८०.२२ प्रतिशत उजुरी फस्र्यौट भएको आयोगले जनाएको छ । उजुरी

    images
    images

    प्राप्त हुने माध्यमहरू मध्ये वेबसाइटबाट १०,२४५, लिखित निवेदनबाट १०,१८०, इमेल मार्फत ८,४८८ र हुलाक सेवाबाट ५,५५५ उजुरीहरू प्राप्त भएका थिए। अन्य माध्यमबाट २,५५८ उजुरीहरू परेका थिए। यस विषयमा शुक्रबार प्रमुख आयुक्त प्रेम कुमार राईको अध्यक्षतामा आयोगको समिक्षा बैठक बसेको छ। गत आर्थिक वर्षमा ८०.२२ प्रतिशत उजुरी फस्यौट भएको आयोगका प्रवक्ता राजेन्द्र प्रसाद पौडेलले बताए।

    प्राप्त उजुरी मध्ये सङ्घीय सरकारसँग सम्बन्धित ३३.६९ प्रतिशत, प्रदेश सरकार सँग सम्बन्धित १२.४७ प्रतिशत र स्थानीय तहसँग सम्बन्धित ५३.८४ प्रतिशत रहेका छन् । आयोगका अनुसार ६,७१५ उजुरीहरू सम्बन्धित निकायमा कारबाहीका लागि पठाइएको र ५८६ उजुरी सुझाव सहित कार्यान्वयनका लागि सिफारिस गरिएको छ। समीक्षा अवधिमा आयोगले ८१ वटा बैठक गरी १,४११ वटा निर्णयहरू गरेको छ ।

    आर्थिक वर्ष २०८१।८२ मा विशेष अदालतबाट ३९५ वटा मुद्दा फैसला भएका छन्, जस मध्ये ११९ वटा सोही वर्षका हुन्। तीमध्ये ६७.२३ प्रतिशतमा कसुर प्रमाणित भएको छ। सो अवधिमा सर्वोच्च अदालतमा २५१ पुनरावेदन र ५ पुनरावलोकन गरिएको प्रवक्ता पौडेलले जानकारी दिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend