images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • गत आवमा पूर्वीनाका काँकरभिट्टाबाट १९ अर्ब...

गत आवमा पूर्वीनाका काँकरभिट्टाबाट १९ अर्ब ९४ करोड बाराबरको पेट्रोलियम पदार्थ आयात

गत आवमा पूर्वीनाका काँकरभिट्टाबाट १९ अर्ब ९४ करोड बाराबरको पेट्रोलियम पदार्थ आयात

images
images
बिहिवार, श्रावण ८ २०८२
बिहिवार, श्रावण ८ २०८२
  • भद्रपुर । गत आर्थिक वर्ष २०८१/८२ मा पूर्वीनाका काँकरभिट्टाबाट रु १९ अर्व ९४ करोड १६ लाख ६५ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एल पि ग्यास, एटीएफ, मट्रितेल आयात भएको हो ।मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागार्इंका अनुसार अघिल्लो आव २०८०/८१ को तुलनामा रु ९० करोड ८२ लाख अर्थात चार दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने छ दशमलव ५० प्रतिशत अर्थात रु ५९ करोड ६९ लाख १० हजार ले बढेको सूचना अधिकारी हुमागाईंले बताउनुभयो ।

    images
    images

    कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८१/८२ मा पेट्रोलियम पदार्थ आयातबाट रु नौ अर्व ७१ करोड ३२ लाख ९२ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधीमा रु आठ अर्व ९२ करोड ८५ लाख मूल्य पर्ने एक लाख तीन हजार ६४ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी रु सात अर्व तीन करोड ३२ लाख मूल्य पर्ने ७७ हजार ४२४ किलोलिटर डिजेल आयात भएको छ ।

    यसैगरी उक्त अवधीमा रु दुई अर्व ८२ करोड मूल्य पर्ने २५ हजार ५६८ मेट्रिकटन एलपि ग्यास, रु ६६ करोड चार लाख मूल्य पर्ने सात हजार २९२ किलोलिटर एटीएफ र रु २५ करोड ४९ लाख मूल्य पर्ने दुई हजार ८५२ किलोलिटर मट्टितेल आयात भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend