images

२०८३ आश्विन १६ गते

images
images
images
  • उर्जा
  • वीरगञ्ज नाका हुँदै पेट्रोलियम पदार्थ आयातबाट...

वीरगञ्ज नाका हुँदै पेट्रोलियम पदार्थ आयातबाट ८० अर्ब ९२ करोड राजस्व सङ्कलन

वीरगञ्ज नाका हुँदै पेट्रोलियम पदार्थ आयातबाट ८० अर्ब ९२ करोड राजस्व सङ्कलन

images
images
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा रु एक खर्ब ९१ अर्ब ८८ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।  डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । समग्रमा आव २०८० / ८१ को तुलनामा गत आवभरिमा यो नाका हुँदै मूल्यको आधारमा पेट्रोलियम पदार्थको आयात रु एक अर्ब ९४ करोडले घटेको छ ।सो अवधिमा मूल्यको आधारमा पेट्रोलियम पदार्थको आयात घटेपनि सोबाट प्राप्त हुने राजस्व भने १० दशमलव २३ प्रतिशतअर्थात् रु सात अर्ब ५१ करोडले बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले कार्यालयले गत आवभरिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट प्राप्त गरेको बताउनुभयो । “यहाँको भन्सारको राजस्व पेट्रोलियम पदार्थको आयात र  सवारीसाधनको आयातमा निर्भर रहेको छ”, उहाँले भन्नुभयो । 

    images
    images

    गत आवभरिमा पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट कार्यालयले रु ८० अर्ब ९२ करोड रकम राजस्व सङ्कलन गरेको छ । जबकी अघिल्लो आव २०८०÷८१ मा पाँचै थरिका पेट्रोलियम पदार्थको आयातबाट रु ७३ अर्ब ४० करोड राजस्व सङ्कलन थियो । कार्यालयका अनुसार गत आवभरिमा रु ९९ अर्ब ९५ करोड मूल्य पर्ने ११ लाख ४९ हजार ५२१ किलोलिटर डिजेल आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा  रु एक खर्ब पाँच अर्ब ८७ करोड मूल्यको १० लाख ५५ हजार १६० किलोलिटर डिजेलको आयात भएको थियो । कार्यालयले गत आवभरिमा डिजेल आयातबापत कार्यालयले रु ४५ अर्ब ७२ करोड राजस्व सङ्कलन गरेको छ भने अघिल्लो आवको सोही अवधिमा भने रु ४२ अर्ब ३६ करोड राजस्व सङ्कलन गरेको थियो ।

    त्यस्तै गत आवभरिमा रु ३८ अर्ब ७२ करोड मूल्य पर्ने चार लाख ५३ हजार ८६४ किलोलिटर पेट्रोल आयात भएको छ । जबकी अघिल्लो आवको सोही अवधिमा भने रु ३९ अर्ब दुई करोड मूल्य पर्ने तीन लाख ९४ हजार ७२३ किलोलिटर पेट्रोल आयात भएको थियो । कार्यालयले गत आवभरिमा पेट्रोल आयातबाट रु २५ अर्ब ६६ करोड राजस्व सङ्कलन गरेको छ । जबकी अघिल्लो आवमा भने पेट्रोलबाट रु २२ अर्ब ६२ करोड राजस्व सङ्कलन भएको थियो ।यो नाका हुँदै गत आवमा रु ३६ अर्ब ३७ करोड मूल्य पर्ने ३१ करोड ८९ लाख २४ हजार ६८४ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । जबकी अघिल्लो आवको सोही अवधिमा भने रु ३० अर्ब मूल्य पर्र्ने २७ करोड ९० लाख ४८ हजार ८७८ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । कार्यालयले गत आवमा एलपिजीबाट रु छ अर्ब ८१ करोड र अघिल्लो आवभरिमा भने रु पाँच अर्ब ६० करोड राजस्व सङ्कलन गरेको थियो । 

    images
    images

    यो नाका हुँदै गत आवमा रु १६ अर्ब १४ करोड मूल्य पर्ने एक लाख ८० हजार ६६३ किलोलिटर एटिएफ आयात भएको छ । जबकी अघिल्लो आवमा भने रु १८ अर्ब २१ करोड मूल्य पर्ने एक लाख ७३ हजार ४८४ किलोलिटर एटिएफ आयात भएको छ । कार्यालयले गत आवमा एटिएफ आयातबाट रु दुई अर्ब ५३ करोड र अघिल्लो आवमा भने दुई अर्ब ६४ करोड राजस्व सङ्कलन गरेको थियो । यो नाका हुँदै गत आवमा रु ६९ करोड मूल्य पर्ने सात हजार ९३० किलोलिटर मट्टितेल आयात भएको छ । जबकी अघिल्लो आवको सोही अवधिमा भने रु ७१ करोड मूल्य पर्ने छ हजार ८२० किलोलिटर मट्टितेल आयात भएको थियो । गत आवमा मट्टितेल आयातबाट रु २० करोड राजस्व प्राप्त भयो भने अघिल्लो आवमा भने रु १८ करोड राजस्व सङ्कलन भएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend