images

२०८३ आश्विन २० गते

images
images
images

जंगली च्याउको तरकारी खाँदा दिदीभाइको मृत्यु

जंगली च्याउको तरकारी खाँदा दिदीभाइको मृत्यु

images
images
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • रूकुमपूर्वमा जंगली च्याउको तरकारी खाँदा दिदी भाइको मृत्यु भएको छ भने आमासहित अरु दुईजना गम्भीर बिरामी परेका छन्। ​भूमे गाउँपालिका–५ सेराबाङमा निवासी राजकुमारी विकका ३ वर्षीय छोरा योजन विक र ७ वर्षिया छोरी भाग्यरेखा विकको विषालु च्याउको तरकारी खाँदा मृत्यु भएको रूकुमपूर्व प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गम्भीर बिरामी भएका योजनको सल्यान जिल्ला अस्पतालमा र भाग्य रेखाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति मृत्यु भएको हो।

    images
    images

    यही साउन २ गते रातिको खानामा उनीहरुले च्याउको तरकारी खाएको खुलेको छ। ‘उनीहरुकी आमा ३५ वर्षीया राजकुमारी विक र राजकुमारीकी अर्की छोरी ९ वर्षीया आयुषा विकको गम्भीर अवस्थामा उपचार भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका डीएसपी उमाशंकर यादवले नेपालखबरसँग भने, ‘उपचारमा ढिलाइ गर्दा बालबालिकाको मृत्यु भएको हो।’आयुषााको भेरी अस्पताल नेपालगञ्जमा र राजकुमारीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

    साउन २ गते राति जंगलबाट ल्याएको च्याउको तरकारी खाएका उनीहरु बिरामी परेपछि पाँच गते मात्रै उपचारका लागि अस्पताल लगिएको थियो।उपचारमा ढिलाइ हुँदा दुई बालबालिकाको मृत्यु भएको हो। रुकुम पश्चिम घर भएकी राजकुमारी श्रीमान गोविन्दसँग मनमुटाव भएपछि एक वर्षदेखि छोराछोरीसहित माइतीमा बस्दै आएको खुलेको छ। घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको डीएसपी यादवले बताए। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend