images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • रोकिएन सुनको मूल्य बढ्ने क्रम, तोलाकै...

रोकिएन सुनको मूल्य बढ्ने क्रम, तोलाकै १ लाख ९७ हजार ६ सयमा कारोबार

रोकिएन सुनको मूल्य बढ्ने क्रम, तोलाकै १ लाख ९७ हजार ६ सयमा कारोबार

images
images
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।गत हप्ताको बिहीबारदेखि बढिरहेको छापावाल सुनको मूल्य आज पनि तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार सुन तोलाको १ लाख ९७ हजार ६ सयमा कारोबार भइरहेको छ ।

    images
    images

    मंगलबार सुन तोलामा तोलामा १ हजार ८ सय रुपैयाँले बढेको थियो । यसअघि सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको थियो । झन् त्यसअघि गत बिहीबार, शुक्रबार र आइतबार सुनको भाउ तोलामा क्रमश: ३ सय, २ सय र ८ सय रुपैयाँले बढेको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । तोलामा ३० रुपैयाँले बढेर चाँदी २ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend