images

२०८३ आश्विन १६ गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • काठमाडौँः नेपाल राष्ट्र बैङ्कले आज(सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।

    images
    images

    युरोपियन यूरो एकको खरिददर १५९ रुपैयाँ ९० पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८५ रुपैयाँ २३ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५४  पैसा र बिक्रीदर ८९ रुपैयाँ ९३ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २२ पैसा र बिक्रीदर १०० रुपैयाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ र बिक्रीदर १०७ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

    images
    images

    जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७३  पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २५ पैसा र बिक्रीदर चार रुपैयाँ २७ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९ रुपैयाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २३ पैसा र बिक्रीदर १४ रुपैयाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४२ पैसा र बिक्रीदर २१ रुपैयाँ ५१ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७ रुपैयाँ  ६० पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ७९ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३५७ रुपैयाँ २४ पैसा र विक्रीदर ३५८ रुपैयाँ ८० पैसा रहेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend