images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • सन नेपाल लाइफद्वारा ५०० करोड कुल...

सन नेपाल लाइफद्वारा ५०० करोड कुल बिमाशुल्क संकलन

सन नेपाल लाइफद्वारा ५०० करोड कुल बिमाशुल्क संकलन

images
images
आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ५०० करोड रुपैयाँ भन्दा बढी कुल बिमाशुल्क आर्जन गरेको छ ।कम्पनीले वैदेशिक रोजगार म्यादी जीवन बिमा बाहेक परम्परागत जीवन बिमामा नै प्रथम बिमाशुल्कमा ६१.०६ प्रतिशतको वृद्धि गरेको छ ।

    images
    images

    पछिल्लो वर्षमा ७२.११ करोड प्रथम बिमाशुल्क आर्जन गरेकोमा यस सर्ष कम्पनीले ११६.१४ करोड प्रथम बिमाशुल्क आर्जन गरेको छ । त्यस्तै वैदेशिक रोजगारमा गत वर्ष ८४.१८ करोड बिमाशुल्क आर्जन गरेकोमा यस वर्ष १०४.२३ करोड गरी २३.८१ प्रतिशतको वृद्धि भएको छ ।

    साथै नविकरण बिमाशुल्क २३२.१२ करोडबाट यस बर्ष २८०.०१ करोड बिमाशुल्क आर्जन गरी नविकरण बिमाशुल्कमा २०.६७ प्रतिशतको वृद्धि गरेको छ ।

    images
    images

    समग्रमा गत वर्ष जम्मा ३८८.४० करोड बिमाशुल्क प्राप्त गरेकोमा यस वर्ष कम्पनीले उल्लेखनीय २८.८५ को वृद्धि सहित करोड भन्दा बढी कुल बिमाशुल्क आर्जन गरेको हो । कम्पनीले हाल देशैभरबाट १४० शाखा उपशाखाबाट आफ्नो बिमा सेवा प्रदान गरिरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend