images

२०८३ आश्विन २५ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्र बैंकले भुक्तानी सेवा दिने संस्थाको...

राष्ट्र बैंकले भुक्तानी सेवा दिने संस्थाको लाभांश वितरणमा ल्यायो नयाँ मार्गदर्शन

राष्ट्र बैंकले भुक्तानी सेवा दिने संस्थाको लाभांश वितरणमा ल्यायो नयाँ मार्गदर्शन

images
images
आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाहेक भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति पाएका संस्थाहरूलाई लाभांश वितरणमा नयाँ मार्गदर्शन ल्याएको छ।राष्ट्र बैंकले यस्ता संस्थाले लाभांश घोषणा गर्दा संचित मुनाफा ऋणात्मक नरहेको हुनुपर्ने, मुनाफामा भएको वर्षको वित्तीय विवरणका आधारमा मात्र लाभांश घोषणा गर्नुपर्ने, सेयर प्रिमियमबाट नगद लाभांश घोषणा गर्न नपाइने, बोनस सेयर दिँदा संस्थाको नेटवर्थ ऋणात्मक नभएको हुनुपर्ने व्यवस्था तोकेको छ। साथै नगद लाभांश घोषणा गर्दा पर्याप्त नगद मौज्दात रहेको हुनुपर्ने, संस्थाले उपभोग गरेको कर्जासँग सम्बन्धित शर्तहरूले लाभांश वितरण बन्देज गरेको हुननहुने जस्ता शर्त छन्। 

    images
    images

    राष्ट्र बैंकबाट भएको स्थलगत  र गैरस्थलगत निरीक्षणका क्रममा वित्तीय दायित्व सिर्जना हुन सक्ने गम्भीर प्रकृतिका कैफियत नरहेको अवस्थामा मात्रै लाभांश बाड्न पाउने व्यवस्था गरिएको छ। संस्थाले जोखिम बहन कोष र जगेडा कोष राख्नुपर्ने भएको छ। संस्थाले यस्ता कोषमा मुनाफाको निश्चित प्रतिशत रकम छुट्याउनुपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ। भुक्तानी संस्थाहरुमा नेपाल क्लियरिङ हाउस, फोनपे पेमेन्ट, इसेवा, आइएमइ खल्ती जस्ता भुक्तानी सेवा प्रदायक रहेका छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend