गोरखा सडक आयोजना गोरखाले एक वर्षमा ३३.६० किलोमिटर सडक कालोपत्रे गरेको छ ।आर्थिक वर्ष २०८१/०८२ को एक वर्षको अवधिमा जिल्लाका विभिन्न सडकमा गरी उक्त कालोपत्रे गरिएको हो । त्यसैगरी १८ किलोमिटर सडक ग्राभेल गरिएको कार्यालयले जनाएको छ । गत वर्षको लागि १ अर्ब ५५ करोड ४६ लाख ३८ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । जसमा १ अर्ब ११ करोड ५१ लाख ७ हजार १९२ रुपैयाँ खर्च भएको कार्यालयका सुचना अधिकारी आशिक रिजालले जानकारी दिए ।
कार्यालयले ७१.७३ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ । गत आर्थिक वर्ष कार्यालयको ७२ प्रतिशत भौतीक प्रगती भएको उनले बताए । गोरखा विमल नगर मौवाटार ठाँटीपोखरी केराबारी दुधपोखरी सडकको ५.२ किलोमिटर सडक कालोपत्रे भएको उनले बताए । त्यसैगरी भिंगटे अश्राङ बोर्लाङ आरुघाट सडक अन्र्तगत २.७ किलो मिटर सडक कालोपत्रे भएको छ ।ओप्री लुईटेल सडक १.२, ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक ४.२ किलोमिटर कालोपत्रे भएको छ । त्यस्तै ताकुकोट हुडीखोला स्वाँरा पोखरी बारपाक सडक ५.५ किलोमिटर र पन्थडिही कटहरे हर्मी सहिलटार सडक १२ किलोमिटर कालोपत्रे भएको सुचना अधिकारी रिजालले जानकारी दिए । त्यसैगरी गत वर्ष दुईवटा पुल पनि निर्माण भएका छन् ।
गोरखा जिल्लाको मुख्य सडक ११ किलो छेपेटार भालुस्वारा बारपाक सडक योजना निर्माण गर्ने उदेश्यले २०६४ सालमा यस कार्यालय स्थापना भएको थियो । अहिले सो सडक निर्माण सँगै संघीय सरकारको सडक आयोजना कार्यालयको रुपमा जिल्लाका अन्य सडक एवं पुलको निर्माण गर्दै आएको छ ।




.gif)





