images

२०८३ आश्विन १६ गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images
images
आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • काठमाडौँः नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनार सहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ। अर्थात् हिजो जुन मूल्यमा कारोबार भएको थियो, आज पनि सबैजसो विदेशी मुद्राको कारोबार सोही मूल्यमा हुनेछ।

    images
    images

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

    गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

    images
    images

    त्यसैगरि आज युरो एकको खरिददर १६० रुपैयाँ १३ र बिक्रीदर १६० रुपैयाँ ८३ पैसा छ। त्यस्तै आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ०५ र बिक्रीदर १८५ रुपैयाँ ८६ पैसा छ। त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९० रुपैयाँ १० पैसा छ। त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५० रुपैयाँ १५ पैसा र बिक्रीदर ४५२ रुपैयाँ १२ पैसा छ। आज बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६६ रुपैयाँ ३९ पैसा छ। 

    यो विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत राष्ट्र बैंकले जनाएको छ।

    हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend