images

२०८३ आश्विन २५ गते

images
images
images

कर्णाली विकास बैङ्कमा ४ अर्ब ९० करोड घोटालामा, राष्ट्र बैङ्कका पूर्वकर्मचारी पक्राउ

कर्णाली विकास बैङ्कमा ४ अर्ब ९० करोड घोटालामा, राष्ट्र बैङ्कका पूर्वकर्मचारी पक्राउ

images
images
शनिवार, श्रावण ३ २०८२
शनिवार, श्रावण ३ २०८२
  • काठमाडौँः कर्णाली विकास बैङ्कमा भएको ४ अर्ब ९० करोड रुपैयाँको आर्थिक अनियमितता प्रकरणमा नेपाल राष्ट्र बैङ्कका एक पूर्वकर्मचारी पक्राउ परेका छन् । अवस्था खराब रहेकै बैङ्कको अवस्था ठिक भनी प्रतिवेदन बनाई घोटालामा सघाउ पुर्‍याएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पूर्वकर्मचारी भुवन बस्नेतलाई पक्राउ गरेको हो ।

    images
    images

    बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैङ्कको घोटाला प्रकरणमा संलग्न भएको आरोपमा सुनसरी स्थायी घर भएका ६१ वर्षीय भुवन बस्नेतलाई काठमाडौंको टोखाबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । यो बैङ्कमा भएको ४ अर्ब ९० करोड रुपैयाँ अनियमितताको विषयमा विस्तृत अनुसन्धान जारी छ ।

    अनुगमन अधिकृतका रूपमा खटिएका बस्नेतले बैङ्क गम्भीर समस्यामा पुगिसकेको बेलामा पनि अवस्था ठिक रहेको भन्दै गलत प्रतिवेदन बुझाएको आरोप उनीमाथि लागेको छ । यस प्रकरणमा अनुसन्धान अघि बढाउँदै सीआईबीले यसअघि नै नेपाल राष्ट्र बैङ्कलाई पत्रचार गरी अनुगमनमा खटिएका अधिकारीहरूको विवरण माग गरेको थियो ।

    images
    images

    कर्णाली विकास बैङ्कका अन्य बैङ्क खातामा रहेको रकम र बैङ्कको कोर बैङ्किङ प्रणाली (सीबीएस) मा प्रविष्ट रकमबीच ठूलो अन्तर देखिएपछि घोटाला बाहिरिएको थियो । आन्तरिक छानबिन समितिले विभिन्न बैङ्कको खातामा रहेको मौज्दातको नक्कली ब्यालेन्स सर्टिफिकेट बनाई केही वर्षदेखि ठगी र अपचलन लुकाएको पत्ता लगाएपछि थप अनुसन्धानका लागि सीआईबीलाई गुहार मागिएको थियो ।

    यो घोटाला प्रकरणमा प्रहरीले यसअघि नै बैङ्कका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई भारतबाट पक्राउ गरेर ल्याएको थियो भने अर्का पूर्व अध्यक्ष तथा नेकपा एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्रलाई नेपालगन्जबाट नियन्त्रणमा लिएको थियो । बैङ्क ठगीमा पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी, नीरजविक्रम शाह लगायतको संलग्नताका बारेमा पनि गम्भीर अनुसन्धान जारी रहेको प्रहरी स्रोतले बताएको छ । यस घटनामा संलग्न अन्य व्यक्तिहरूलाई पनि कानुनको दायरामा ल्याउने क्रममा अनुसन्धान अघि बढेको सीआईबीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend