images

२०८३ आश्विन १६ गते

images
images
images

बर्दिबासमा आन्तरिक राजस्व कार्यालय स्तरोन्नति

बर्दिबासमा आन्तरिक राजस्व कार्यालय स्तरोन्नति

images
images
शुक्रवार, श्रावण २ २०८२
शुक्रवार, श्रावण २ २०८२
  • बर्दीबा । बर्दीबासमा स्थापना भएको करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्व कार्यालयमा स्तरोन्नति गरिएको छ । चार जिल्लाका करदातालाई सहज हुने गरी स्तरोन्नति गरिएको कार्यालयको आन्तरिक राजस्व कार्यालय जनकपुरका प्रमुख आनन्दप्रसाद गुप्ताले उद्घाटन गर्नुभयो ।नयाँ कार्यालयको उद्घाटन गर्दै गुप्ताले आन्तरिक राजस्वको दिगो आधार र विस्तारले सार्वजनिक आर्थिक व्यवस्थालाई थप सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभयो ।

    images
    images

    सेवा कार्यालय हुँदा यो आन्तरिक राजस्व कार्यालय जनकपुरमातहतमा थियो । स्तरोन्नतिपछि अब दुवै कार्यालयको हैसियत समान भएको छ ।कार्यालय प्रमुख गेहेन्द्रप्रसाद गिरीका अनुसार करदाता सेवा हुँदा यसको कार्यक्षेत्र महोत्तरीको बर्दीबास, गौशाला र धनुषाको मिथिला नगरपालिकामा सीमित थियो ।

    यी कार्यक्षेत्रका १३ हजार व्यवसायी र ३२ हजार व्यक्तिगत प्यान कार्डधारी गरी ४५ हजार करको दायरामा थिए । यी करदाताबाट आर्थिक वर्ष ०८१/८२ मा ६२ करोड ५० लाख कर सङ्कलन भएको थियो । कर यहाँ तिरे पनि थप सेवा लिन जनकपुर जानुपर्ने बाध्यता थियो । कार्यालय स्तरोन्नति भएपछि बर्दिबासको कार्यक्षेत्रमा छिमेकी जिल्ला सिन्धुली र सर्लाही पनि समेटिएका छन् । पुराना र नयाँ थपिएका जिल्ला गरी बर्दिबास आन्तरिक राजस्व कार्यालयमा करिव डेढ लाख करदाता थपिने आकलन छ ।

    images
    images

    स्थानीय समाजसेवी एवम् प्रशासन विद् पोषण थापाले सरकारी सेवा सुविधालाई घरदैलोमा पुर्‍याउनु सङ्घीयताको नीति भए पनि करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्वमा स्तरोन्नति गर्न ०७२ सालदेखि सुरु गरेको प्रयास बल्ल साकार भएको बताउनुभयो ।थापाले भन्नुभयो ‘‘मुलकमै पहिलोपटक कर कार्यालयको माग गर्दै बर्दिबासमा ०६८ सालमा आन्दोलन भयो । सिन्धुलीका व्यवसायीले साथ दिनुभयो । सर्लाही र मिथिला नगरपालिकाको सहानुभूति रहयो । अन्तत. करदाता कार्यालय स्थापना भयो र आज आन्तरिक राजस्वमा स्तरोन्नति गर्न सफल भयौं ।’’

    यसअघि बर्दिबास उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुरेश राउत, सिन्धुली उवा संघका अध्यक्ष अर्जुन श्रेष्ठ तथा बर्दिबास, गौशाला, लालबन्दी, हरिवन र धनुषा उद्योग वाणिज्य संघका अध्यक्षहरुले बर्दिबास सेवा कार्यालय आन्तरिक राजस्वमा स्तरोन्नति भएसँगै यस भेगका करदातालाई सेवा सुविधा लिन सहज हुने बताउनुभयो ।   

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend