images

२०८३ आश्विन १९ गते

images
images
images

नेपालगन्ज भन्सारमा २० अर्ब बढी राजश्व सङ्कलन

नेपालगन्ज भन्सारमा २० अर्ब बढी राजश्व सङ्कलन

images
images
बिहिवार, श्रावण १ २०८२
बिहिवार, श्रावण १ २०८२
  • बाँके । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा २० अर्ब बढी राजश्व सङ्कलन गरेको छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले गत आवमा २० अर्ब २८ करोड ५१ लाख ८१ हजार रुपियाँ राजश्व सङ्कलन भएको जानकारी दिनुभयो। गत आवमा सङ्कलन भएको राजश्व आव २०८०/८१ भन्दा दुई अर्ब बढी भएको भन्सार कार्यालयले जनाएको छ । भन्सार कार्यालयका प्रमुख पौडेलले भन्नुभयो, ‘समग्रतामा लक्ष्य पूरा नभए पनि एक वर्ष पहिलेको तुलनामा राजश्व सङ्कलनको वृद्धिदर बढी छ । ’

    images
    images

    आव २०८०/८१ मा १८ अर्व १५ करोड ७२ लाख ३३ हजार रुपियाँ मात्रै राजश्व सङ्कलन भएको थियो । आव २०८०/८१ भन्दा २०८१/८२ मा दुई अर्ब १२ करोड रुपियाँ बढी राजश्व सङ्कलन भएको छ । गत आव २०८१/८२ मा २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार रुपियाँ राजश्व सङ्कलनको लक्ष्य तोकिएकोमा प्रारम्भिक विवरण अनुसार ७४.६३ प्रतिशत राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।नेपालगन्ज भन्सार कार्यालयमा सङ्कलन हुने राजश्वको करिब ५० प्रतिशत रकम पेट्रोलियम पदार्थको आयातबाट मात्रै हुने गरेको छ । नेपालगन्जमा एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि लागत बढेको भन्दै केही मालबाहक ट्रक लगायतका सवारी साधनहरूले नाका परिवर्तन गरेपछि राजश्व सङ्कलन लक्ष्य अनुसार सङ्कलन हुन नसकेको लगायतका विभिन्न कारणले राजश्व लक्ष्य अनुसार सङ्कलन हुन नसकेको कार्यालयले जनाएको छ ।

    नेपालगन्ज भन्सार कार्यालयबाट इन्धन, चामल, खाद्यान्न, फलाम लगायतका वस्तुको आयातबाट बढी राजश्व सङ्कलन हुने गरेको भन्सार कार्यालयको तथ्याङ्क रहेको छ । नेपालगन्ज नाकाबाट जडिबुटी लगायतका सामाग्रीको निकासी समेत हुने गरेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend