images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • बैतडी र दार्चुलाको नेपाल-भारत सीमानाका बन्द...

बैतडी र दार्चुलाको नेपाल-भारत सीमानाका बन्द हुने

बैतडी र दार्चुलाको नेपाल-भारत सीमानाका बन्द हुने

images
images
बुधवार, आषाढ ३२ २०८२
बुधवार, आषाढ ३२ २०८२
  • भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल-भारत सीमा नाका बन्द हुने भएको छ ।

    images
    images

    यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) भारतको उत्तराखण्ड प्रदेशमा पञ्चायत निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई मध्यनजर गरेर बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका नाकाहरू बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए।

    उनका अनुसार दार्चुलाको पुलघाट  नाका  जुलाई २१ (आगामी साउन ५ गते) बेलुकादेखि जुलाई २४ (साउन  ८ गते) बिहानसम्म बन्द हुनेछन् । यस्तै बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि साउन १२ गतेसम्म बन्द रहने उनले जानकारी दिए। उक्त अवधिमा आकस्मिक रूपमा नाका खोल्नुपरेमा दुवै देशको आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend