images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • काठमाडौँको मुख्य ठाउँहरूमा जग्गाको सरकारी मूल्याङ्कन...

काठमाडौँको मुख्य ठाउँहरूमा जग्गाको सरकारी मूल्याङ्कन प्रतिआना ५० लाख (ठाउँसहित)

काठमाडौँको मुख्य ठाउँहरूमा जग्गाको सरकारी मूल्याङ्कन प्रतिआना ५० लाख (ठाउँसहित)

images
images
सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • काठमाडौँ । काठमाडाैँ महानगरपालिकाको सरकारी मूल्याङ्कन अनुसार सबैभन्दा महँगो जग्गा दरबार मार्गको रहेको छ ।  काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ल्याएको आर्थिक ऐनअनुसार सबैभन्दा उच्च मूल्य ५० लाख रुपैयाँप्रति आना रहेको छ ।  

    images
    images

    यस्तो जग्गा दरबारमार्गको दायाँ बायाँका जग्गाहरूसहित माइतीघर, सिंहदरबार पश्चिम गेट, पुतलीसडक, कृष्ण पाउरोटी, हात्तीसार, जयनेपाल, कान्तिपथ जमल र घण्टाघरदेखि कमलादी मोडसम्मका मूल सडकसँग जोडिएका दायाँ बायाँका जग्गाहरू रहेका छन् । काठमाडौँ महानगरपालिका सम्पत्ति कर मूल्याङ्कन गर्न  जग्गाको प्रतिआना मूल्य तोकेको हो ।  

    ५० लाख प्रति आनाको जग्गा कहाँ कहाँ छन् ? 

    images
    images

    काठमाडौँ महानगरपालिकाले  उच्च मूल्याङ्कन गरेको जग्गाको सरकारी मूल्य ५० लाख प्रति आना भएका क्षेत्रहरु जमल, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगम, गोश्वारा हुलाक, त्रिपुरेश्वर सम्मको मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरू रहेका छन् । यस्तै केशर महल प्रवेशद्वारदेखि पश्चिम ठमेल मुलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मूलबाटोमा जोडिएका जग्गाहरू, हनुमानढोका,  जिल्ला प्रहरी कार्यालय पूर्व सुरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल राष्ट्रिय नाचघरसम्म र सोदेखि पूर्व विश्व ज्योति हल हुँदै तीन धारा पाठशालासम्म मूलबाटासँग जोडिएका, महेन्द्र सालिकदेखि काठमाडौँ प्लाजासम्म मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको सरकारी मूल्य पनि ५० लाख प्रतिआना रहेको छ ।  

    रत्नपार्क,  पुरानो  बसपार्क, सहिदगेट हुँदै सुन्धारा चोकसम्म, सिंहदरबार पश्चिमगेट हुँदै भद्रकालीसम्मका मूलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको पनि सोही मूल्याङ्कन रहेको छ ।हनुमान ढोका पूर्व नयाँ सडक, पुरानो काठमाडौँ महानगरपालिका भवनको दक्षिण चोकबाट जुद्धशमशेर सालिक हुँदै इन्द्रचोकसम्म, न्युरोड पिपलबोटदेखि दक्षिण आरबी कम्प्लेक्स चोक हुँदै पश्चिम पुरानो काठमाडौँ महानगरपालिका भवन चोकसम्म, न्यूरोड खिचापोखरी, धरहरासम्मको  मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरू ५० लाख प्रति आना सरकारी मूल्याङ्कन रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend