images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • कोदारीस्थित अरनीको राजमार्ग चार दिनपछि आयो...

कोदारीस्थित अरनीको राजमार्ग चार दिनपछि आयो सञ्चालनमा

कोदारीस्थित अरनीको राजमार्ग चार दिनपछि आयो सञ्चालनमा

images
images
सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • काभ्रेपलाञ्चोक । लगातारको वर्षाका कारण अवरुद्ध बनेको कोदारीस्थित अरनीको राजमार्ग चार दिनपछि सञ्चालनमा आएको छ ।सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ इकुमा खसेको पहिरो हटाएपछि अरनिको राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । राजमार्ग सञ्चालनमा आएसँगै रोकिएका कन्टेनरहरु नाका प्रवेश गरेका छन् ।

    images
    images

    गत असार २६ गते बिहान ५ बजे कोदारी क्षेत्रमा पर्ने इकु खण्डमा वर्षासँगै माथिबाट आएको पहिरोले सडकको आवागमन ठप्प बनाएको थियो, जस कारण यात्रु र तातोपानी नाकाक्षेत्रका सवारीसाधनहरूले ठूलो सास्ती खेप्दै आएका थिए ।

    असार २६ गते अवरुद्ध सडक मर्मतपछि केहीबेर चलेपनि पुन: अवरुद्ध भएको सडकलाई मर्मत गरिएको थियो । चार दिनपछि पहिरो पन्छाउँदै सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend