images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • अश्वीनी कुमार ठाकुर महालक्ष्मी विकास बैंकको...

अश्वीनी कुमार ठाकुर महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त

अश्वीनी कुमार ठाकुर महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त

images
images
आइतवार, आषाढ २९ २०८२
आइतवार, आषाढ २९ २०८२
  • काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त भएका छन् ।असार २० गते बसेको सञ्चालक समितिको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४(३) मा भएको व्यवस्था बमोजिम ठाकुरलाई स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त गरेको हो ।

    images
    images

    उनीसँग नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक, राष्ट्रिय जीवन बीमा कम्पनी (साविकः राष्ट्रिय बीमा संस्थान) को प्रमुख कार्यकारी अधिकृत तथा मध्यपश्चिामञ्चल ग्रामीण विकास बैंक, हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, नेशनल बैंकिङ्ग इन्स्टिच्युट लिमिटेड लगायतका संगठित संस्थाहरुको बोर्ड सदस्यको जिम्मेवरीमा रही कार्य गरेको अनुभव रहेको छ ।

    असार २९ गते बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनले पदबहाली गरेका छन् । साथै सोही कार्यक्रममा बैंकको संचालक समिति सदस्यहरुले संयुक्त रुपमा उनलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् । उनको विगतको अनुभवले बैंकको समग्र संस्थागत सुशासन अभिवृद्धि गर्न मद्धत पुग्ने विश्वास बैंकले लिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend