images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • मञ्जुश्री फाइनान्स बुटवल शाखाद्वारा रक्तदान तथा...

मञ्जुश्री फाइनान्स बुटवल शाखाद्वारा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मञ्जुश्री फाइनान्स बुटवल शाखाद्वारा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

images
images
आइतवार, आषाढ २९ २०८२
आइतवार, आषाढ २९ २०८२
  • काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेड, बुटवल शाखाको बैंकिङ साझेदारीमा नेपाल नियमित रक्तदाता संघद्वारा बुटवल–७ दीपनगरस्थित सिद्धेश्वरी लालकुमारी मावि परिसरमा रक्तदान कार्यक्रम, मधुमेह परीक्षण तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।कार्यक्रममा ८० जनाले रक्तदान गरेका थिए भने २९२ जनाले विभिन्न विशेषज्ञ चिकित्सकहरूसँग निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका थिए ।

    images
    images

    स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकहरू विशेषज्ञ डा. सुमन पौडेल, स्त्रीरोग विशेषज्ञ डा. राजीव शाह, आन्तरिक रोग विशेषज्ञ डा. पटल गिरी, अस्थिरोग विशेषज्ञ डा. सम्राट पराजुलीले सेवा दिएका थिए ।  यस कार्यक्रमको अध्यक्षता दया बहादुर शिलबालले गरेका थिए । साथै विशिष्ट अतिथिमा फाइनान्सको बुटवल शाखाका शाखा प्रबन्धक सुबास अर्याल रहेको कार्यक्रममा स्वागत मन्तव्य नेपाल नियमित रक्तदाता संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारीले दिएका थिए भने कार्यक्रम सञ्चालन नेपाल नियमित रक्तदाता संघका महासचिव दीपक अधिकारीले गरेका थिए । 

    कार्यक्रममा बोल्दै शाखा प्रबन्धक सुबास अर्यालले मञ्जुश्री फाइनान्स सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहेको भन्दै यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी, डा. सुमन पौडेलले स्वास्थ्यप्रति सचेतना र नियमित परीक्षणको आवश्यकतामा जोड दिए। स्थानीयहरूको उत्साहजनक सहभागिता र चिकित्सकहरूको सेवा भावनाले कार्यक्रमलाई सफल बनाएको आयोजक नेपाल नियमित रक्तदाता संघले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend