images

२०८३ आश्विन १७ गते

images
images
images

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

images
images
शुक्रवार, आषाढ २७ २०८२
शुक्रवार, आषाढ २७ २०८२
  • दमौली । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पाडाबाच्छी हुर्काउन कृषकलाई अनुदान दिएको छ ।केन्द्रले चालु आर्थिक वर्ष २०८१/८२ मा कृत्रिम गर्भाधानबाट जन्मिएका पाडीबाच्छी हुर्काउन प्रोत्साहनस्वरुप रु २९ लाख ९० हजार अनुदान दिएको हो ।

    images
    images

    केन्द्रका प्रमुख रविन्सन अधिकारीका अनुसार १२९ जना किसानलाई २९९ वटा पाडीबाच्छी हुर्काएबापत रु १० हजारका दरले अनुदान वितरण गरिएको हो ।अनुदानका लागि ३२१ वटा पाडाबाच्छी पालेका किसानले आवेदन दिएका थिए ।

    कार्यालयले गत आर्थिक वर्षमा ३२७ कृषकलाई रु ६० लाख ४० हजार अनुदान उपलब्ध गराएको थियो । त्यस वर्ष ६०४ पाडाबाच्छी हुर्काएबापत अनुदान उपलब्ध गराइएकामा चालु आवमा बजेट घटेकाले कम किसान लाभान्वित भएका छन् ।

    images
    images

    गण्डकी प्रदेश सरकारले उन्नत जातका भैँसी तथा गाईमा आत्मनिर्भर बन्न पाडापाडी तथा बाच्छाबाच्छी संरक्षण कार्यक्रम कार्यान्वयन गर्दै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend